सिदार्थ राजमार्गको ३ स्थानमा पहिरो ,बुटवल पाल्पा सडक अवरुद्ध

सिदार्थ राजमार्गको ३ स्थानमा पहिरो ,बुटवल पाल्पा सडक अवरुद्ध

बुटवल -बुटवल पाल्पा सडकको तानसेन नगरपालिका वडा नं. ८ गौडेपुल नजिक डुम्रे र तिनाउ गा. पा. ३ माथिल्लो सिद्धबाबा स्थित सिद्धार्थ राजमार्ग बुटवल पाल्पा सडक खण्डमा माथिबाट पहिरो झरी सडक पूर्ण रुपमा अबरोध भएको छ ।
गौडेपुल नजिक डुम्रेमा मंगलवार विहान सवा ५ वजे र सिद्धबाबामा सवा ७ वजे माथिबाट पहिरो झरी सडक पूर्ण रुपमा अबरोध भएको ५ नम्बर ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
पहिरो नहटे सम्मको लागि सो सडकमा पैदल यात्रा तथा सवारी आवागमन नगर्न समेत प्रहरीले अनुरोध गरेको छ ।
त्यस्तै जिल्ला पाल्पा बग्नासकाली गा.पा. ४ सेरा स्थित सिद्धार्थ राजमार्ग पाल्पा पोखरा सडक खण्डमा माथिबाट पहिरो झरी सडक पूर्ण रुपमा अबरोध भएको छ । विहान पौने ८ वजेको समयमा पहिरो झरेको प्रहरीले बताएको छ ।
पहिरो नहटे सम्मको लागि सो सडकमा पनि पैदल यात्रा तथा सवारी आवागमनमा अवरोध भएको र पसिहरो हटाउने कार्य भएकको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, साउन १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij