वीरगञ्ज, । वीरगञ्जमा नेपाली सेना, नेपाल प्रहरी, कैदीबन्दी र चिकित्सकसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
उनका अनुसार २ देखि ६५ वर्ष उमेर समूहका ३४ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ५ जना बालबालिका र १० जना महिला रहेका छन् ।
संक्रमितमध्ये वीरगञ्ज कारागारभित्र रहेका ६ जना कैदिबन्दी, ३ जना प्रहरी र २ जना कर्मचारी कोरोना संक्रमित भएको पुष्टि भएको छ भने नेपाली सेनाका १ जना, नारायणी अस्पतालका १ जना चिकित्सक र आफैंले पैसा तिरेर पीसीआर परीक्षण गराएका १ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । त्यसैगरी अन्य संक्रमितमध्ये २० जना वीरगञ्जका रहेका छन् ।
वीरगञ्ज महानगरपालिका–१५ भिषुवाका ८ जना, वडा नम्बर ४ बीर्ताका ११ जना, वडा नम्बर ५ कुम्हाल टोल तथा जेलरोडका ३ जना, वडा नम्बर २५ सिर्सीयाका ३ जना, वडा नम्बर ९, ११, १२, ३२ का एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी वीरगञ्ज–१० आदर्शनगरमा कोरोना संक्रमित भई मृत्यु भएका श्यामसुन्दर बगरियाको निकटमा रहेकाहरूलाई कन्ट्रयाक्ट टे«सिङको आधारमा परीक्षण गर्दा थप दुई जना संक्रमित भेटिएको उपाध्यायले जानकारी दिए ।
प्रकाशित मिति : बुधबार, साउन १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्