कालिकोट-कालिकोटमा मंगलबार राति आएको पहिरोमा परी एकै परिवारका सातजना सहित आठको मृत्यु भएको छ ।
कालीकोटको नरहनीनाथमा गाउँपालिका–७ मा आएको पहिरोले पुरिएर ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी बिमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बुढा र एक वर्षका चरित्र बुढाको मृत्यु भएको हो ।
घटनास्थलबाटै छजनाको शव निकालिएको थियो भने छोरी विमलाको उद्दार गरी उपचार गर्ने क्रममा मृत्य भएको डीएसपी श्याम ओलियाले जानकारी दिए ।
यसैगरी, नरहनीनाथमा गाउँपालिका–४ मा ६५ वर्षीय बाले बुढाको घर पुरिँदा उनकी ६५ वर्षीय श्रीमतीको मृत्यु भएको छ । बाले बेपत्ता रहेको र खोजी कार्य भइरहेको डीएसपी ओलियाले बताए ।
प्रकाशित मिति : बुधबार, साउन १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्