JanataToday.com

Advertisment

SKIP THIS

सुन प्रकरणमा छानविन समिति संयोजक फेरिए

सुन प्रकरणमा छानविन समिति संयोजक फेरिए

काठमाडौ- सुन, धातु र हतियार फालेर फरार भएको प्रकरणमा गठित छानविन समितिको संयोजक फेरिएका छन् ।

महानगरीय प्रहरीले कार्यालयले बुधबार अपराध महाशाखाका प्रमुख दीपक थापाको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । २४ घण्टा नबित्दै महानगरीय प्रहरीले थापाको ठाउँमा महानगरीय प्रहरीका प्रवक्तासमेत रहेका एसएसपी सुशील यादवलाई संयोजक बनाएको छ ।

महानगरीय प्रहरीका एसएसपी किरण बज्राचार्यको सट्टा यादवलाई ल्याइएपछि उनी वरिष्ठताका आधारमा संयोजक भएको बताइएको छ ।

डीआईजी विश्वराज पोख्रेलका अनुसार एसएसपी किरण बज्राचार्य यसअघिको एसिडको घटनामा समेत केन्द्रित भएको र नभ्याउने भएकाले उनलाई हटाई यादवलाई समितिमा राखिएको हो ।

समितिमा जो वरिष्ठ छ, उही संयोजक हुने भएकाले यादव संयोजक बनेको डीआईजी पोख्रलले बताए । यादवको संयोजकत्वक भएको समितिमा एसएसपी दीपक थापा, एसपी सोमेन्द्रसिंह राठौर, डीएसपी राजकुमार केसी र दुर्गा दाहाल सदस्य छन् ।

प्रकाशित मिति : बिहिबार, साउन १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij