कञ्चन जेसिजद्धारा लैगिंक हिंसा बिरुद्ध सचेतना कार्यक्रम

कञ्चन जेसिजद्धारा लैगिंक हिंसा बिरुद्ध सचेतना कार्यक्रम

 

कञ्चन-अन्तराष्ट्रिय मानव बेच बिखन बिरुद्ध दिवसको अवसरमा कञ्चन जेसिजको आयोजनामा आज एक दिने लैगिंक हिंसा बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ।राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नमुना एकिकृत बिकास केन्द्रका ज्ञानु पौड्यालले लैगिंक हिंसा बिरुद्धको सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रमको शुभारम्भ गर्दै राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले जव सम्म लैगिंक हिंसाको अन्त्य हुदैन तव सम्म समाज रुपान्तरणको अभियान सम्भव नहुने धारणा ब्यक्त गर्नु भएको छ । राष्ट्रिय सभा सदस्य भट्टराईले समाज रुपान्तरण मुख्य बाधक समाजमा हुने लैगिंक हिंसा रहेको बताउदै हिजोको जस्तो महिलाहरुले मात्र दैलो कुचो र चुल्हो चौकोमा खुम्चिएर बस्ने नभई समाज रुपान्तरणको नेतृत्व गर्न सक्ने क्षमता राख्ने भएकोले लैगिंक समानताको पक्षमा एकबद्ध हुनको लागि कानुनी साक्षरता हुनुपर्नेमा जोड दिनु भएको छ।यो समाज र देशको समृद्धिका लागि सरकारको नेतृत्व जसले गरेको भएपनि हरेक राजनैतिक दल र संघसंस्थाहरुका अगुवाहरुले समृद्धिको नेतृत्व लिएर एकताको शन्देस फैलाउनु पर्ने उल्लेख गर्दै राष्ट्रिय सभा सदस्य भट्टराइले चुनावको समयमा सुकुम्वासी समस्या समाधान गर्न लिएको संकल्प नेकपा नेतृत्वको सरकारले नै पुरा गर्ने आस्वासन ब्यक्त गर्नु भएको छ।

राष्ट्रिय सभा सदस्य भट्टराइले फरक प्रसंगमा धारणा राख्दै देशलाई समृद्धिको नेतृत्व सहित आम जनता बिच राजनैतिक,आर्थिक,सामाजिक,शैक्षिक र सांस्कृतिक एकता र बिकासको शन्देस पुर्याई समाजमा अन्त्य हुन नसकेको सामान्ती संस्कार र लैगिंक बिभेदका बिरुद्ध प्रगतीशिल समानतालाई स्थापित गर्नु पर्ने समयमा नेकपा नेतृत्व भित्र भैरहेको झगडाले आम जनतामा सकारात्मक शन्देस दिन नसकेको बताउनु भएको छ । भट्टराईले नेकपा भित्रको झगडाको समाधानको बिकल्प भनेको नेतृत्व बिचको समझदारी र आवाधिक महाधिबेशन नै भएको बताउदै नेकपा भित्रको नेतृत्व बिचको झगडा लामो समय नहुने बताउनु भएको छ।

क्ञ्चन गाउपालिका वार्ड नं. ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले समाजमा हुने लैगिंक हिंसा पुरुषबाट नै हुने भएकोले यस कार्यक्रममा महिलाहरुको भन्दा पुरुषको सहभागितालाई समेत प्राथमिकता दिन सकेको भए अझ प्रभावकारी हुने धारणा ब्यक्र गर्नु भएको थियो । पहिला लैगिंक हिंसाको पिडा महिलाहरुले मात्र भोग्नु पर्ने परिस्थिती थियो भने अहिले लैगिंक हिंसाको स्वरुप पुरुष तर्फ पनि बढ्दै गइरहेको सन्दर्भमा लैगिंक हिंसा बिरुद्धको सचेतना कार्यक्रममा महिला संगसंगै पुरुषको पनि सहभागितालाई जोड दिनु पर्ने बताउनु भएको थियो ।

क्ञ्चन जेसिजका संस्थापक अध्यक्ष चुडामणी पौडेलले अवको समाज सभ्य,सक्षम र असल युवाहरुले नेतृत्व गर्न र गराउन जेसिजले १८ बर्ष देखि ४० बर्ष उमेर समूहका युवाहरुलाई ब्यक्तित्व र नेतृत्व क्षमताको बिकास गर्न आवद्ध गराई प्रशिक्षित गरिने भएको हुंदा जेसिजलाई कुनै राजनैतिक र हुने खानेहरुको संस्थाको रुपमा नबुझि दिन आग्रह गर्दै युवाहरुको ब्यक्तित्व र नेतृत्वको बिकासका लागि महत्वपुर्ण प्रशिक्षण केन्द्र भएको संस्थापक अध्यक्ष पौडेलले बताउनु भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कञ्चन गाउकार्य समितिका अध्यक्ष भरतमणी सापकोटाले कञ्चन जेसिजले कञ्चनको समृद्धिको लागि संचालन गरेको सकारात्मक अभियान निकै महत्वपुर्ण रहेको र जेसिजको समाजप्रतिको सकारात्मक गतिबिधीले समाजलाई सभ्य र समृद्धिको अभियानलाई थप टेवा दिने बिश्वास ब्यक्त गर्नु भएको थियो ।

कञ्चनमा कृयाशिल बिभिन्न आमा समूह,महिला समूह र टोल बिकास संस्थाका महिलाहरुको सहभागिता रहेको कार्यक्रममा कञ्चन जेसिज बर्ष २०२०का अध्यक्ष बाबुराम पौडेलको अध्यक्षता,महासचिव चित्र तुलाचनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो भने कञ्चन जेसिज बर्ष २०२० का उपाध्याक्ष रोशन आचार्यले धन्यवाद तथा जेसिज आस्थापाठ कार्यकारीणी उपाध्यक्ष राजन शर्माले गर्नु भएको थियो ।

jyc.jpg
IMG_1311.JPG
IMG_1312.JPG

प्रकाशित मिति : बिहिबार, साउन १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij