विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अब विश्वले कोरोना भाइरससँग बाँच्न सिक्नुपर्ने बताएको छ ।
डब्लुएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयसले संगठनको दैनिक प्रेस ब्रीफिङको क्रममा विश्वमा रहेका सबैले कोरोना भाइरससँग बाँच्न सिक्नुपर्ने बताएका हुन् ।
साथै, मानिसहरूले आफ्नो र अरुको जीवनको रक्षा गर्नेक्रममा जीवन बाँच्न आवश्यक सावधानी पनि अपनाउनुपर्ने उनकाे भनाइ छ ।
गेब्रिससले हज यात्रामा साउदी अरेबियाले लगाएको प्रतिबन्धलाई औंल्याएर साउदी सरकारको प्रशंसा गर्दै भनेका छन्, ‘यस प्रकारको कठोर कदम चालेर सरकारले आजको युगको परिवर्तित वास्तविकतालाई निरन्तरता दिन सक्षम भएकाे छ । र, यो एउटा उदाहरण बनेको छ ।’
बीबीसीमा उल्लेख गरिएअनुसार उनले पुनः युवाहरू पनि कोरोना भाइरसबाट संक्रमित हुने जोखिम रहेको चेतावनी दिएका छन् ।
‘युवा पनि कोरोना संक्रमित हुनसक्छन्,’ उनले भने, ‘युवाहरूले अन्य व्यक्तिलाई संक्रमण फैलाउन सक्ने वा गम्भीर समस्या भएर मृत्यु पनि हुनसक्छ । त्यसकारण युवाहरूलाई आफ्नो सुरक्षाबाहेक अन्यको सुरक्षाको उपायहरू पनि अपनाउनु पर्छ ।’
प्रकाशित मिति : शुक्रबार, साउन १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्