राष्ट्रीय मदरसा संघ नेपालद्धारा आग्रह सहित (बकर ईद) को शुभकामना

राष्ट्रीय मदरसा संघ नेपालद्धारा आग्रह सहित (बकर ईद) को शुभकामना

कृष्णनगर-मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा साउन १७ गते आउने शनिवारका दिन मनाइने भएको छ । राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सदस्य मौलाना जहिर बरेलवी र प्रदेश नं ५ मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली लगायत ले मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) को शुभ अवसरमा स्वादेश तथा विदेश मा रहेका सम्पूर्ण नेपाली लगायत मुस्लिम समुदायमा ईद उल अजहा (बकर ईद) को हार्दिक शुभकामना व्यक्त गरेका छन्। यो पर्व हजरते इब्राहिम अलैहिस्सलाम को सम्झना मा मनाइने गरिन्छ। हाल लकडाउन खोलेको भए पनि कोरोना भाइरस सर्ने सम्भावना देखिएका कारण नेपाल सरकार ले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बंधित मापदंड अनुसार सोसल डिस्टेंस को पालना गरि पर्व मनाउन प्रदेश नं ५ मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले आग्रह गरेका छन्। हरेक बर्ष मुस्लिम धर्म मान्ने करिब बीस लाख मानिस विश्व का विभिन्न देशबाट हज गर्न साउदी अरब पुग्ने अनुमान रहेको तर यो बर्ष (COVID-19) कोरोना भाइरसको महामारी ले गर्दा दश हजार जनाले मात्र हज गर्ने जसमध्ये तीस प्रतिशत साउदी नागरिक र सत्तरी प्रतिशत विश्व भरी बाट उपस्थित हुने देखिन्छ ।कोरोना भाइरस महामारी का कारण WHO ले दिएको स्वास्थ्य संबंधी मापदंड को पाल्ना गर्दै हज गर्नु पर्ने व्यवस्था साउदी सरकार ले गरेको कुरा स्वास्थ्य का दृष्टिकोण ले प्रशंसनीय रहेको राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी ले बताउनुभयो ।

प्रकाशित मिति : शुक्रबार, साउन १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij