बच्चालाई प्रशस्त स्तनपान गराउँदा आमा बच्चालाई नै फाइदा: डा थापा

बच्चालाई प्रशस्त स्तनपान गराउँदा आमा बच्चालाई नै फाइदा: डा थापा

आमाको दूध चार वर्षसम्म खाएका बच्चालाई अस्पतालको औषधि खुवाउनुपर्दैन    सामान्य रुघाखोकी लाग्दा घरेलु औषधिले निको हुन्छ । बच्चा फूर्तिला हुन्छन्,  निरोगी हुन्छन् । आमाको दूधले रोगसँग लड्ने क्षमता अत्यधिक उत्पादन गर्छ

बुटवल ।

आज अगष्ट एक तारिख, संसारभर बिभिन्न कार्यक्रम गरी स्तनपान दिवस मनाइँदै छ । नेपालमा स्तनपान सम्वन्धी जनचेतनामूलक कार्यक्रम गरी यो दिवसलाई साताव्यापीरुपमा मनाइँदै छ ।
संसारभर एकदेखि सात अगष्टसम्म मनाइने विश्व स्तनपान दिवस को यस बर्षको नारा ‘स्तनपानः दीगो विकासको महत्वपूर्ण उपाय’ रहेको छ ।
यसै सन्दर्भमा स्तनपानले के फाइदा के हो स्तनपानले के के फाइदा हुन्छ यसबारे लुम्बिनी प्रादेशिक अस्पतालका  स्त्री, प्रसूति तथा प्रजनन रोग विशेषज्ञ डा. बबीता थापा बताउनुहुन्छ  आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तन बाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया हो । गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन्न थालेको हुन्छ । पहिलो बिगौते दूध बच्चाको लागि अमृत समान हुन्छ, त्यसले बच्चालाई धेरै रोगहरूबाट लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ  शिशुलाई जन्मेको छ महिना सम्म मात्र स्तनपानमा नै निर्भर राख्नुपर्छ । यो शिशुको जीवनको लागि जरूरी छ, स्तनपानले दम र कानको रोगमा नियन्त्रण कायम हुन्छ, किनकी आमाको दूध शिशुको नाक र घाँटीमा प्रतिरोधी छाला बनाइदिन्छ ।
केही शिशुलाई गाईको दूधले एलर्जी हुन सक्छ । यसको विपरीत आमाको दूध शत प्रतिशत सुरक्षित छ । अनुसन्धानबाट प्रमाणित भएको छ कि स्तनपान गर्ने बच्चाहरू त्यस पछि अन्न खुवाउँदा पनि असुहाउँदो मोटो हुँदैनन् । यो शायद यस कारण बाट हुन्छ कि तिनीहरूलाई शुरू देखि नै आवश्यकता भन्दा अधिक खानाको बानी पर्दैन । स्तनपानबाट देखि जीवनका पछिको चरणहरूमा रक्त क्यान्सर, मधुमेह र उच्च रक्तचापको खतरा कम हुन्छ । स्तनपानले शिशुको बौद्धिक क्षमता पनि बृद्धि हुन्छ । यसको कारण यो हो कि स्तनपान गराउने आमा र उनको शिशुको बीच भावनात्मक सम्बन्ध धेरै मजबुत हुन्छ । यस वाहेक आमाको दूधमा धेरै प्रकारको प्राकृतिक रसायन पनि हुन्छन् ।

डा. थापा भन्नुहुन्छ स्तनपानले आमा लाई यि फाइदा हुन्छ ।

१.स्तनपानले सुत्केरी भैसकेपछि रगत जाने प्रक्रियालाई रोक्छ ।
२.स्तनपानले बच्चालाई मधुमेह, क्यान्सर, पखाला र निमोनियाजस्ता बिमार र संक्रमणबाट बचाउँछ ।
३ .स्तनपानले आमालाई क्यान्सर र हड्डी कमजोर
स्तनपानले आमा र बच्चा दुवैलाई आत्मीय र सुरक्षित भएको अनुभूति दिन्छ ।
४.कतिपय महिलालाई स्तनपानले चाँडै गर्भवती हुनबाट बचाउँछ
५.स्तनपान गराउन खर्च लाग्दैन।

उहाले फेरि पनि भन्नुहुन्छ जब सम्म आमाको दुध प्रशस्त आउछ भने कहिले पनि आफनो चुसाउन अल्छि गर्ने हुदैन ।
बच्चालाई आमाको दूध बाट हुने फाइदा निम्न छन
१.आमाको दूधले बच्चालाई पहिला ट महीनामा आवश्यक पर्ने सबै अनिवार्य पौष्टिक तत्वहरू प्रदान गर्दछ ।
२.आमाको दूधमा निहित प्रोटिनहरू सजिलै पच्दछन् र शरीरमा मिस्सिन्छन् ।
३.आमाको दूधमा कैयौं एण्टिबोडी र इम्यूनोग्लोबुमिन्स हुन्छन् जसले बच्चाको रोग प्रतिरक्षण क्षमता बढाउँछन्, र एलर्जी र संक्रमण हुने सम्भावनालई घटाउँछन् ।
४.स्तनपान गराउने क्रममा आमा र बच्चाबीचको निकट र घनिष्ठ सम्पर्कले आमा शिशुबीच माया बढाउनमा ठूलो मद्दत गर्दछ ।
५.स्तनपान, बोतलबाट दूध ख्वाउनेभन्दा धेरै स्वच्छतापूर्ण, सरल, सस्तो र पर्यावरण हितैषी हुन्छ।

डा. थापा बताउन हुन्छ स्तनपान गर्दा आमाले के गनुपर्छ त्यो कुरा पनि ध्यान दिनु पर्छ उहाको भनाइ अनुसार
बच्चालाई दुध चुस्न असजिलो भएको कुरा थाहा पाउने तरिका

बच्चाले छटपट गर्छ वा रुन्छ र दूध चुस्न मान्दैन भने ऊ असजिलो अवस्थामा छ ।बच्च को शरीर आमातिर फर्केको छैन वा स्तनमा मुख पुयाउँदा टाउको बाङ्गिएको छ भने ऊ सजिलो अवस्थामा छैन । यस्तो अवस्थामा बच्चाले दूध चुस्न नसक्ने हुन्छ ।
मुन्टाको वरिपरिको खैरो भाग धेरै नै दे खएको छ भने बच्चाको मुखमा राम्ररी स्तन परेको छैन ।बच्चाले दूध चुस्दा आवाज आउँछ र छिटो/छिटो तान्छ भने पनि स्तन राम्ररी मुखमा परेको छैन । मा बच्चाको मुखमा स्तन राम्ररी राखिदिनुपर्छ । त्यसपछि उसले बिस्तारै र गहिरो गरी तान्छ र यस्त राम्ररी निल्छ ।आमालाई पीडा हुन्छ र मुन्टामा घाउ छ भने मुन्टालाई अलि भित्र राख्नुपर्छ ।

बच्चालाई दूध कम खुवाइँदै जाने हो भने आफैं सुक्छ, खुवाइरह्यो भने आउने हो । धेरै बच्चाहरू आमाको लापरबाहीका कारण स्तनपानको अधिकारबाट वञ्चित हुन पुगेका छन् ।आमाको दूध चार वर्षसम्म खाएका बच्चालाई अस्पतालको औषधि खुवाउनुपर्दैन । सामान्य रुघाखोकी लाग्दा घरेलु औषधिले निको हुन्छ । बच्चा फूर्तिला हुन्छन्, निरोगी हुन्छन् । आमाको दूधले रोगसँग लड्ने साँच्चिकै आमाको दूधले उत्पादन गर्छ भन्ने विश्वास सबै आमामा हुनु अत्यन्तै जरुरी हुन्छ ।

प्रकाशित मिति : शनिबार, साउन १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij