दाङ- दाङमा जंगली जनावरलाई लक्षित गरी मकै बारीमा थापेको करेन्टमा परी दुई बालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही १ हर्नोक निवासी ३५ वर्षीय दिलबहादुर रावतले आफ्नै मकै बारीमा थापेको विद्युतीय करेन्टमा परी रावतका दुई छोराको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रावतका १४ बर्षीया छोरा वीरबल रावत र १० वर्षीय तेजबहादुर रावतको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर चिच्याएपछि छुटाउन पुगेका दिलबहादुर रावत पनि गम्भीर घाइते भएका छन् ।
घाइते दिलबहादुर रावतको उपचार घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन् ।
जंगली जनावरले मकै खाएर हैरान गराएपछि रावतले करेन्ट थापेका थिए । सोमबार परेको जनैपूर्णिमा मकै चढाउने भनेर मकै ल्याउनका लागि बारी पुगेका वीरबल र तेजबहादुरलाई करेन्ट लागेको जनाइएको छ ।
प्रकाशित मिति : सोमबार, साउन १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्