बाँके ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई ८ लाख ९८ हजार स्रोत खुलेको रकम सहित पक्राउ परेको छन् । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको टोलीले प्रमुख संरक्षण अधिकृत भट्टराई, सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई रुपन्देहीको सैनामैना नगरपालिका १० बटा नियन्त्रण लिएको हो ।
उनीहरुको साथबाट ३ लाख ४८ हजार नगद र विभिन्न मिति ५ लाख ५० हजारको बैक भौचरसहित नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । उनीहरुलाई बा २ झ १८९३ नम्बरको गाडीमा आउँदै गरेका अवस्थामा पक्राउ गरिएको हो । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता अधिकारीले बताए ।
प्रकाशित मिति : सोमबार, साउन १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्