युएनडिपीद्धारा बुटवलको कोरोना अस्पतालमा विरामीलाई औषधी पुर्याउन सिस्टर रोबोट सहयोग

युएनडिपीद्धारा बुटवलको कोरोना अस्पतालमा विरामीलाई औषधी पुर्याउन सिस्टर रोबोट सहयोग

बुटवल ।
लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको बुटवलको कोरोना विशेष अस्पताल धागोकारखानामा विरामीलाई औषधी पुर्याउन सिस्टर रोबोट प्रयोग गरिने भएको छ ।
त्यसकालागि युएनडिपीले रोबोट उपलब्ध गराएको छ । युएनडिपिका प्रदेश संयोजक सुदीप अर्याल र प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण खनालले रोबोट बुधबार अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापालाई हस्तान्तरण गरे ।
कोरोनाका लक्षण देखिएका तथा सिकिस्त भएका र आइसीयुमा राख्नु पर्ने बिरामी यस अस्पतालमा छन् । संक्रमीतसंग हेलमेल भइराख्नुपर्ने नर्शको सुबिधा र उनीहरुलाई संक्रमणबाट जोगाउन रोबोट उपलब्ध गराएको युएनडिपिका प्रदेश संयोजक सुदिप अर्यालले बताए।
२ लाख लागतको रोबोट रोबिक एसोसिएसन नेपालले तयार गरेको हो । एसोसिएसनका अध्यक्ष्ँ विकास गुरुड।का अनुसार रिमोटको कन्ट्रोलबाट चल्ने रोबोटले औषधी, खानेकुरा, लुगा विरामीसम्म पुर्याउन सक्छ । रोबोटमा भिडियोबाट ५ सय मिटर परसम्मको भिडियो लिन सकिन्छ । भिडियो क्यामेराका माध्यमबाट बिरामीसग लाइभ हेर्र्न सकिन्छ ।

ट्याब्लेट प्रयोग गरिएकाले नर्श र विरामीबीच कुरा गर्न सकिन्छ । विरामीको नर्सले बिरामीलाई गर्ने हेरचाह रोबोटले गर्ने भएकाले त्यसको नाम सिष्टर रोबोट नाम राखिएको हो । युएनडिपीले काठमाडौंको टेकु अस्पतालमा पनि सिष्टर रोबोट उपलब्ध गराएको छ ।

कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा। सुदर्शन थापाले सिष्टर रोबोटले नर्सहरुलाई कोरोना संक्रमणको जोखीमबाट बचाउन सहयोग पुग्ने बताए । केही व्यवस्थापनका काम गरेर रोबोट प्रयोगमा ल्याउने उनले जानकारी दिए ।

प्रकाशित मिति : बुधबार, साउन २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij