बुटबल -मुर्गिया घर भएकी सुनिता लम्साल को मनपर्ने महिना साउन हो । यो साउन महिना जताततै हरियाली हुने भएकाले मात्रै सुनितालाई साउन मन परेको हैन, अरु कारण धेरै छन् । यो महिना मन पर्नुको कारण मुसुक्क हास्दै उनले भनिन् ‘यो महिना त हातमा मेहन्दी, हरियो र पहेँलो चुरा पोते अनि त्यसैलाई सुहाउने हरियो, पहेँलो रंगका लुगा लगाउन पाइन्छ । अन्य समयमा पहेँलो रंगका कपडा लगाएर बाहिर निस्कँदा सबैले अनौठो तरिकाले हेर्ने तर साउनमा पहेँलो लगाउँदा सबैले स्वीकार गर्ने भएकाले उनलाई साउन निकै मनपर्छ ।’
हरेक वर्ष टोलका सबै महिला र पुरुष मिलेर बोलबम भर्न पर्रोहापरमेश्वर, लक्षमण घाट,त्रिबेणी,रिडी लगाएतका मन्दिर तथा जलाशयमा जाने चलनले पनि उनलाई साउन महिना धेरै मन पर्छ ।गत वर्षको साउन सम्झँदा उज्यालो देखिएको अनुहारमा तर तुरुन्तै बादल छायो,उनले भनिन्‘यो पटकको साउन त कोरोनाले लगिहाल्यो नि ।’बाहिर जान,घुम्न र साथीभाई संग रमाइला गर्न नपाए पनि घर मै बसेर साउन महिना मा गर्नु पर्ने काम गरेकी छु ।’सुनिता मात्रै होइन, अघिल्ला वर्षमा साउने फेसनमा सजिएर लर्किँदै पर्रोहा परमेश्वरब बोलबम लगाएत शिबको मन्दिरमा जाने लर्कोको यो वर्ष भने पूर्णविराम लागेको छ । कोरोना महामारीले गर्दा उनीहरु शिव भगवानको पूजाआजाका लागि ति मन्दिरमा जान पाएनन् ।
सैनामैना की सन्तोषी पटवाले भनिन्, ‘मलाई पनि साउनमा लगाइने शृंगार निकै मनपर्छ ।’मेहन्दीको डिजाइन, सुन्दर चुरा पोतेहरु र पहेँलो र हरियो कुर्ता सुरुवाल लगाएर कार्यालय जानुको मज्जा बेग्लै थियो । अहिले सन्तोषी को कार्यालय बन्द छ । उनले थपिन्, ‘फेशन भनेको देखाउनका लागि लगाउने हो, यो पटक देखाउने ठाउँ नै छैन, त्यसैले केका लागि पैसा खर्च गर्नु । बाहिर निस्कनु पर्दैन अरुलाई देखाउन पोहोरकै पोशाक लाएर फोटो खिचे अनि पुरानै फोटो भिडियोलाई सामाजिक सञ्जालमा पोष्ट गरेको मञ्जाले लाईक कमेन्ट आयो यति भए पुग्यो ।’
सन्तोषीले सामाजिक सञ्जालमा पुरानै फोटो भिडियोको प्रयोग गरे पनि, कतिपय साउने फेशनका सौखिनहरुले भने यसै वर्षको फोटो पनि राख्न पछि परेका छैनन् । हुन पनि हो,सुचना र प्रबिधिको जमना छ । घरमै बसी बसी इन्टरनेटको प्रयोग बाट धेरै कुरा सिक्न सकिन्छ त्यसमाथी लामो समयको लकडाउन ,बल्ल तल्ल अहिले लकडाउन खुले पनि मानिसहरु सामान्य अबस्थामा फर्कन सकेका छैनन् । सामाजिक सञ्जालको प्रयोग बाट सडक देखि महल सम्म का गतिबिधी हेर्न र बुझन सकिन्छ । सडकको डिजाईन र फेशन सामाजिक सञ्जालमा पुग्ने गरेको छ ।
‘सामाजिक सञ्जालकै माध्यम बाट धेरैले मेहन्दि र मेकप को डिजाईन सिकेका कारण कस्मेटिक पसलेहरु मर्कामा परेको बताउँछिन् ।’ग्लामर टच व्युटि सैलुन सैनामैना की सञ्चालक सीता क्षेत्री ।सीता ले भनिन्, ‘मेहेन्दीको जम्मा २० देखि ५० रुपैयाँसम्म मात्रै पर्छ । हामीले लिने भनेको मेहेन्दीको नयाँ डिजाइन र लगाएको चार्ज हो । अहिले त युट्युव हेरेर सबै मेहेन्दी डिजाइनर बनिसके, सस्तोमा किन्छन् आफैँ लगाउँछन् हाम्रो त कामै छैन । नयाँ सामान कोरोनाले गर्दा ल्याउन पाइएन, पुरानो त उनीहरुसँग अघिल्लो वर्षकै छँदैछ नि । साउन, भदौलाई सिजन मान्ने कस्मेटिक पसलेहरु कोरोनाको चपेटामा परेको सीता को भनाइ छ । उनका अनुसार, वर्षभरिमा राम्रो कमाइ हुुने यही साउन र भदौ कुरेर बस्नुपर्ने तर अहिले आएर कोरोनाले चुना लगाउँदा सटरको भाडासमेत तिर्न नसक्ने अवस्था छ । ’
त्यसो त लक्ष्मी बि.क को पनि उस्तै दुखेसो छ । उनि भन्छिन ‘कोरोना महामारीले हरेक क्षेत्रमा समस्या थुपारेको छ । कोरोनाकै कारण व्यबसायमा घाटा लागेको छ । मान्छे को आवत जावत नभए पछि कसरी हुन्छ र व्यापार ? नत हामीले सामानहरु पसलमा राख्न पाएका छौ, नत ग्राहक पसलमा आउन सक्नु हुन्छ , लकडाउन खुले पनि व्यापार व्यबसायमा कुनै रौनक आएको छैन् ।सहकारी बाट रिन निकालेर पसल खोलेको थिए ,अहिले किस्ता तिर्न नि सक्ने अबस्था छैन । सहकारीहरु बाट फोन आईरहन्छ ।दैनिकी गुर्जान अब गाहे होला जस्तो छ ।’
कोरोना महामारीको समय भएकाले होला यति बेला सैनामैनामा मात्र होईन देशकै व्यापार व्यबसाय ठप्प छ । चैत्र ११ देखि साउन ६ गते सम्म देशमा लकडाउन भयो । घर,चोक ,शहरका प्रत्येक गल्लि ,सडक देखि महल जता ततै लकडाउनको नकरात्मक प्रभाब प¥यो भने साना ट्याङ्की व्यबसाय देखि ठुला ठुला उद्योग हरु बन्द भए । निजि होस् या सरकारी सबै कार्यालय हरु बन्द भएका कारण अर्थतन्त्रमा निकै मन्दि छाएको छ ।
बन्दाबन्दिले अर्थतन्त्रमा मात्र होईन मान्छेमा पनि मानशिक समस्या समेत देखा परेको छ । सैनामैना नगरपालीका उप प्रमुख बिना रानाले ‘नगर भित्र रहेका महिला तथा महिला उद्यमी,व्यबसायीहरु लाई नगरकै बजेटबाट बिभिन्न कार्यक्रम ल्याएकाले यो कठिन परिस्थीतिमा हत्तोसाहित नहुन र धौर्यता गर्न आग्रह गर्नुभयो ।’
प्रकाशित मिति : बिहिबार, साउन २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्