इण्डो-नेपाल सामाजिक मञ्च परिवारद्वारा स.प्र.ना.उ. सुशिल कुमार शाहीलाई विदाई

इण्डो-नेपाल सामाजिक मञ्च परिवारद्वारा स.प्र.ना.उ. सुशिल कुमार शाहीलाई विदाई

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हे.क्वा. (रा.तथा भ.ग.सु.) कपिलबस्तुका गुल्मपति स.प्र.ना.उ. सुशिल कुमार शाही पदमा कार्यरत रही यस कोरोना काल को समयमा कृष्णनगरको समग्र सुरक्षाको निगरानीमा ध्यान पुऱ्याउनुभएको अनुकरणियि योगदनको उच्च कदर गर्दै उहाँको उत्तरोत्तर प्रगतिको कामना सहित समझना स्वरूप माया को चिनो दिएर इण्डो-नेपाल सामाजिक मञ्च परिवार द्वारा सम्मानपूर्वक विदाई गरियो।

साथै साथ सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हे.क्वा. (रा.तथा भ.ग.सु.) कपिलबस्तुका स.प्र.ना.नि. सुरेश न्यौपाने पदमा कार्यरत रही कृष्णनगरको समग्र सुरक्षाको निगरानीमा ध्यान पुऱ्याउनुभएको अनुकरणियि योगदनको उच्च कदर गर्दै मायाको चिनो उहाँलाई पनि दिएर सम्मान गरिएको थियो र कृष्णानगर विधुत प्राधिकरण को हाकिम महमूद अहमद शेख र कृष्णनगर इलाका प्रहरी निरीक्षक प्रताप पौडेल र नेपाली कांग्रेस को संसदीय ३ कपिलवस्तु को क्षेत्रिय अध्यक्ष अकिल मिया र अर्बन बैंकका बैंक मैनेजर इकरार खान लाई दोसल्लाह ओढ़ाई कार्यक्रममा सम्मान गरिएको थियो।इण्डो-नेपाल सामाजिक मञ्च
संस्थाका अध्यक्ष अकरम पठानले उपस्थित भएका सबै अतिथि महानुभावहरुलाई स्वागत गरेका थिए र स.प्र.ना.उ. सुशिल कुमार शाही पदमा कार्यरत रही कोरोना कालको समयमा कृष्णनगरको समग्र सुरक्षाको निगरानीमा ध्यान पुऱ्याउनुभएको अनुकरणियि योगदनको उच्च कदर हामीहरु गर्दछौं हामीहरु तपाई को राम्रो कार्यलाई कहिले भूलने वाला छैनौ भन्नु भएका थिए र विदाई क्रममा उहाँको उत्तरोत्तर प्रगतिको कामना गरे।

उक्त कार्यक्रमको अध्यक्षता जामिया इस्लामिया नईमिया विद्यालयका अध्यक्ष हाजी अब्दुल कलाम खान, रहनु भएका थिए।यस कार्यक्रम का संचालक एशियन पब्लिक स्कूलका प्रधानाचार्य र वरिष्ठ पत्रकार सगीर खाकसार ले गर्नु भएको थिए।यस कार्यक्रम कृष्णनगरका भद्रभलादमी
, प्रहरी जवानहरु,पत्रकार,समाजसेवीहरु लगायत अन्य महानुभावहरु उपस्थित भएका थिए।

प्रकाशित मिति : शनिबार, साउन २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij