पोखरा-कोरोना भाइरस संक्रमणका कारण पोखरामा थप एक जनाको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका ६३ वर्षीय पुरुषको मृत्यु भएको हो । पोखरा महानगरपालिका–१९ का मृतक पुरुष मधुमेहका रोगी रहेको खुलेको छ ।
साउन १९ गते अस्पतालमा भर्ना भएका उनको आईसीयूमा उपचारका क्रममा शनिबारराति ११ः३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या हालसम्म तीन पुगेको छ ।
प्रकाशित मिति : आइतबार, साउन २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]