नेपालमा मंगलबार थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा मंगलबार थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

बुटवल-नेपालमा मंगलबार थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितकोे संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशका बिभिन्न प्रयोगशालाहरुमा १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
आज थप १ सय ७१ जना कोरोना भाइरस संक्रमित उपचारपछि निकको भएर घर फर्कीएको मन्त्रालयले जनाएको छ ।
यो सगै नेपालमा हालसम्म १६ हजार ६ सय ६४ उपचारपछि निको भएका छन । नेपालमा हालसम्म ६९ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ ।
यसअघि नेपालमा ७२ प्रतिसत ककोरोना संंक्रमित निको भइसकेकोमा आज संक्रमितको संख्या ह्वात्तैै बढेसँगैै निको हुने संक्रमितको प्रतिशत घटेर ६९ प्रतिशतमा झरेको हो ।

हाल देशभर ७ हजार २ सय १ जना सक्रिय संक्रमित रहेका छन । कोरोना भाइरस संक्रमणका कारण नेपालमा हालसम्म ८३ जना मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, साउन २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij