लायन्स र लियो स्टार्सद्वारा स्वाथ्य सामाग्री प्रदान

लायन्स र लियो स्टार्सद्वारा स्वाथ्य सामाग्री प्रदान

 

बुटवल -अन्तराष्ट्रिय युवा दिवस अवसरमा शिक्षा, स्वास्थ्य, ब्यक्तिगत बिकास, पर्यावरण संरक्षण, विश्वबन्धुत्व, बिपत ब्यस्थापन, शान्ति, सेवा भावना, सामाजीक जस्ता क्षेत्रमा कृयाशिल लायन्स क्लब बुटवल स्टार्स र लियो क्लब बुटवल स्टार्सले बुधबार बुटवलको बिभिन्न स्थानमा संयुक्त रुपमा कोरोना भाईरस(कोभिड १९) रोकथाम र सतर्ककताको लागि स्वाथ्य सामाग्री प्रदान गरेको छ ।

कोरोना भाइरसको माहामरीको बेला सर्वधारणहरुमा सचेतना स्वरुपम माक्स सेनिटाइजर र साबुन लगायतका स्वाथ्य सामग्री प्रदान गरिएको जनाइएको छ ।

कोरोनाको संक्रमणबाट जोगिनको लागि नियमित रुपमा हात धुनुको विकल्प नभएको भन्दै क्लवले बुटवल शुन्दरनगर टोलको प्रत्येक घरमा गएर माक्स, सेनिटाइजर र साबुन बितरण गरिएको लायन्स स्टार्सका संयोजक बिश्वजीत कसौधनले जानकारी दिए ।

बितरण कार्यक्रम बुटवल ट्राफिक चोक, हस्पिटल लाइन, पुस्पलाल पार्क, मिलनचोक र राजमार्ग चौराहा लगायतका स्थानमा पैदल यत्री, साईकल यात्री, मोटरसाइकल, कार लगायतका यातायातका साधानहरु मा माक्स नलगाईकन हिडेकाहरुको लागि जोखिम न्युनीकरण गर्न सुरक्षाका सामाग्रीहरु प्रदान गरिएको लियो संयोजक रंजीत कसौधनले जानकारी दिए ।

कार्यक्रमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का एरिया ४ का एरिया चिफ एम.जे.एफ संन्दिप कसौधन, जोनचेयपर्सन एम.जे.एफ एमएल पाण्डे, लायन्स स्टार्सका अध्यक्ष एमजेएफ शुसिल पाण्डे र लियो स्टार्सका अध्यक्ष दिनेश कुमार अग्रहरी लगायत क्लबका बिभिन्न पदाधिकारीको सहभागीता रहेको थियो ।

 

प्रकाशित मिति : बुधबार, साउन २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij