बुटवल -सामाजिक क्षेत्रमा क्रियासिल लायन्स क्लव अफ मणिग्रामले बिहिबार तिलोत्तमा नगरपालीको बिभिन्न स्थानमा स्वाथ्य सामग्री प्रदान गरेको छ । कोरोना १९ भाइरसको महामरीको बेला माक्स सेनिटाइजर, पञ्जा लगायतका स्वाथ्य सम्बन्धी विभिन्न सामग्री प्रदान गरिएको हो ।
कोभिड १९ को संक्रमणबाट बच्ने उपाय स्वरुप पुर्व सावधानीका लागि सामग्रीहरु तिलोत्तमा नगरपालिकाको मणिग्राम चोक नयाँमिल को आसपासको क्षेत्रमा बितरण गरेको गरिएको हो ।
बितरण कार्यक्रम बाटोमा हिडने बटुवा ,साइकिल यात्री ,मोटरसाइकल यात्री कार यात्रीहरु बिना माक्स हिडने सबैलाई जोखिम बाट केही हद सम्म कम होस भनि बितरण गरिएको लायन्स मणिग्रामका अध्यक्ष एम.जे.एम सुरज कुमार लम्सालले बताए ।
कार्यक्रमा तिलोत्तमा नगरपालीका वडा न ५ का वडा अध्यक्ष चेतनारायण भण्डारीले लायन्स मणिग्रामले कोरोना भाइरस को बेला माक्स नै उत्तम बिकल्प रहेकोले माक्स बिना कोहि पनि घरबाहीर नजान र भिडभाड नगर्न समेत आग्रह गरे ।
माक्स बितरण कार्यक्रम बिहिबार देखि १ हत्ता सम्म निरन्तर चल्ने कार्यत्रमाका सयोजक थम बहादुर रसायली ले बताए । एक्सपर्ट फाउण्डेशन का चेयमेन रोशन कंडेलले लगाएका क्लबका बिभिन्न पदाधिकरी उपस्थीत का बढिएको थियो । स्वाथ्य सामग्री वितरण कार्यक्रममा बोल्दै एक्सपर्ट फाउन्डेसनका अध्यक्ष रोशन कण्डेलले पुर्व सावधानीले र सानो सजगताले नै ठुलो जोखिम न्युनीकरण गर्ने भन्दै पुर्व सावधानीका उपायहरुलाई निरन्तर प्रयोग गर्दै जानुपर्ने धारणा राखेका थिए ।
प्रकाशित मिति : बिहिबार, साउन २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्