कालिकोटमा पहिरोले घर पुरिदा एकै परिवारका ६ जनाको मृत्यु

कालिकोटमा पहिरोले घर पुरिदा एकै परिवारका ६ जनाको मृत्यु

सुर्खेत – कालिकोट जिल्लाको महावै गाउँपालिका वडा नं तीनको नकुमा पहिरोले एक घर पुरिँदा ६ जनाको मृत्यु भएको छ । गएराति साढे १२ बजेतिर महाबै गाउपालिका ३ नकु गाउँ कालिकोटमा वडा सदस्य रज बहादुर बिष्टको घर पहिरोमा पुरिएर उनका २ छोरा २ छोरी र उनका दाजु डिल बहादुर बिष्टका २ छोरी गरि जम्मा ६ जनाको मृत्यु भएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले समचारदैनिकलाई जानकारी दिए । पहिरोमा परि मृत्यु हुनेमा १३ बर्षीया पुष्प विष्ट, ११ बर्षका पर्विन विष्ट, १८ बर्षीया सविना विष्ट, १५ बर्षीया आशा विष्ट, १९ बर्षीया शान्ति विष्ट, र १० बर्षीया रेखा विष्ट रहेका छन् । घटना राति भएकोले उनिहरुको उद्धारको लागि अहिले सम्म कुनै पनि पहल भएको छैन, ‘सबैलाई विहान जानकारी दिएको हुनाले केहि समयमा राहत उद्धारको कामलाई अगाडि बढाउने तयारी गरिएको सिहले जानकारी दिए ।  जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले पनि महावैमा उक्त घटना भएको त्यसतर्फ प्रहरी परिचालित भइसकेको जानकारी दिए । घटनाको थप विवरण आउन भने बाकी छ ।

प्रकाशित मिति : शुक्रबार, साउन ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij