कञ्चन-लायन्स क्लव अफ कञ्चन हरैयाद्धारा कयान्सर रोगबाट पिडित कञ्चन ३ निवासी एक महिलालाई आर्थिक सहयोग गरेको छ । बिगत एक बर्ष देखि नियमित उपचार गराउदै आउनु भएका भगवती टोल निवासी ५० बर्षिय रेमकलालाई (नाम परिबर्तन) क्वलवका पदाधिकारी तथा सदस्यहरुबाट आर्थिक संकलन गरी उक्त सहयोग गरेको हो ।
निशुल्क मधुमेह परिक्षण कार्यक्रमकै समयमा कञ्चन ३ स्थित भगवती टोल कि रेमकला क्यान्सर रोगबाट ग्रसित भई आर्थिक अभावका कारण नियमित उपचार गराउन नसकिरहेको थाहा पाएपछि लायन्स क्लवका सदस्यहरुले आर्थिक संकलन गरी १० हजार रुपैया तत्कालै आर्थिक सहयोग गरेको हो । बिरामीको आत्मवलमा कमी आउने भएकोले निजको वास्तबिक नाम प्रकाशन नगर्ने परिवार र छिमेकीहरुको सल्लाह बमोजिम परिबर्तित नाम रेमकला उल्लेख गरिएको क्लवका अध्यक्ष राम बहादुर थापाले बताउनु भएको छ। सहयोग रकम हस्तान्तरण गर्दै लायन्स क्लव अफ कञ्चन हरैया बर्ष २०२०/२०२१ का अध्यक्ष राम बहादुर थापाले थोरै भएपनि राहत मिलोस र बिरामीको मनमा आत्मवल बढोस भन्ने उद्धेशयका साथ आर्थिक अवस्था कमजोर भई नियमित उपचार गराउन जान नसकेको थाहा पाउना साथ क्लवका सदस्यहरुबाट तत्कालै थोरै थोरै रकम संकलन गरेर राहत स्वरुप सहयोग गरिएको बताउनु भएको छ।
यस्तै कञ्चन गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा लायनस क्लव अफ कञ्चन हरैया बर्ष २०१९/२०२० का अध्यक्ष दुर्गा सिंह क्षेत्रीले क्यान्सर रोगबाट ग्रसित भई शारीरिक रुपमा असक्त हुनु भएका रेमकला ज्यूलाई आफु जेसुकै कारणले बिरामी परेको भएपनि आफु एक्लै नभएको महसुस नगर्न अनुरोध गर्दै सकेसम्म उपचारका लागि थप सक्दो सहयोग जुटाई स्वस्थ बनाउन लायन्स क्लव र छिमेकीहरु लागी पर्ने बताउनु भएको छ। बिरामी भई निरासा हुनु भन्दा आत्मवल बढाई नियमित उपचार गरे हरेक रोगहरुको उपचार सम्भव रहेको समेत वडा अध्यक्ष क्षेत्रीले बताउनु भएको छ।
आर्थिक सहयोग संकलनमा सहयोग गर्ने जनआस्था पृथ्वी क्लवका अध्यक्ष उदय आले र नर बहादुर राना महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएको थियो भने आर्थिक सहयोग प्रदान गर्न लायन्स क्लव अफ कञ्चन हरैयाका पदाधिकारी,सदस्य तथा समाजसेवी किरण क्षेत्रीको समेत सहभागित रहेको थियो ।
प्रकाशित मिति : शुक्रबार, साउन ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्