कपिलवस्तु – कपिलवस्तुको विजयनगर गाँउपालिका स्थित रहेको ठाकुरापुर प्रहरी चौकीले पचाँस कार्टुन मदिरा नियन्त्रणमा लिएकोे छ । गत विहिवार विहान करिब ८ बजे किराना सामान बोकेको भ्यानबाट कार्णली ब्राण्डको ५० कार्टन मदिरा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनुभयो । बरामद मदिराको विल समेत रहेकोले थप छनविन गर्नका लागि मदिरा नियन्त्रणमा लिएको प्रहरी निरिक्षक नेपालले जानकारी दिनुभयो । कगजपत्र विल रसिद भएको मदिरा किन नियन्त्रणमा लिएको भन्ने प्रश्नमा प्रहरी निरिक्षक नेपालले जिल्लाबाट निर्देशन आएपछी मात्र मदिरा दिने की नदिने भन्ने सकिने उहाले बताउनु भयो । लकडाउनको समयमा किराना सामानसगै मदिरा बेचेको भन्दै रु ४० हजार बराबरको मदिरा नियन्त्रण लिएको प्रहरी चौकी ठाकुरापुरका प्रहरी सहायक निरिक्षक पराग यादवले जानकारी दिनुभयो ।
प्रकाशित मिति : आइतबार, साउन ३२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्