भैरहवा-आइतबार रुपन्देहीमा २६ जना कोभिड–१९ संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ सय ६४ पुगेको छ। स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार आइतबार बेलुका ५ बजे सम्ममा रुपन्देहीका ६ पालिकाका २६ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहका अनुसार बुटवल उपमहानगरपालिका ४ जना, सिद्धार्थनगरका ८ जना, तिलोत्तमाका ७, सियारीका ३, ओमसतियाका १ र मायादेवीका ३ जनामा संक्रमण देखिएको छ।
संक्रमित मध्ये १३० जना उपचाररत, ३३३ जना निको भएको र १ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक शाहले जानकारी दिनुभयो।
आज बढेका संक्रमितसहित रुपन्देहीको पालिका स्तरमा लुम्बिनी सांस्कृतिक नगरपलिकामा ६१, तिलोत्तमा नगरपालिका ५७, बुटवल उपमहानगरपालिकामा ६२, सैनामैनामा ४३, सिद्धार्थनगरमा ५६, सम्मरीमाईमा २७, गैडहवामा २६, कोटहीमाईमा २६, कञ्चनमा २४, मायादेवीमा २०, देवदहमा १७, मर्चवारीमा १५, रोहिणीमा ८, शुद्धोधनमा ८, सियारीमा १०, ओमसतियामा २ र रुपन्देही बस्ने ठेगाना नखुलेको १ जनामा संक्रमण देखिएको छ।
प्रकाशित मिति : आइतबार, साउन ३२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्