कञ्चनमा दोश्रो पटक पुर्ण लकडाउन,सतर्कता अपनाउन कञ्चनवासीलाई अध्यक्षको आग्रह

कञ्चनमा दोश्रो पटक पुर्ण लकडाउन,सतर्कता अपनाउन कञ्चनवासीलाई अध्यक्षको आग्रह

कञ्चन-रुपन्देहीको कञ्चन गाउपालिका कोरोना भाइरस (कोभिड १९) संक्रमण समुदायमा समेत फैलिसकेको भन्दै सम्पुर्ण कञ्चनवासीहरुले पुर्ण सतर्कता अपनाउन आग्रह गर्दै अर्को सूचना प्रकासित नहुदा सम्म कञ्चन गाउपालिका पुर्ण लकडाउन भएको सूचना प्रकाशन गरेको छ । पछिल्लो समयमा दोश्रो पटक कञ्चन गाउपालिकामा क्वारेन्टाइनमा रहेका ब्यक्तिसंगै होम कवारेन्टाइनमा रहेका एकजना ब्यक्तिमा समेत कोरोना संक्रमण  भएको पुष्टि भएपश्चात कञ्चन गाउपालिकाले एक सूचना प्रकाशित गरी कोरोना संक्रमण थप जोखिमबाट बच्न ब्यक्ति स्वयमले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बिश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ले नेपालको हरेक समुदायमा फैलिन लागि रहेको अवस्थामा कञ्चन गाउपालिकाको समुदायमा संक्रमण फैलिएकोले अरुलाई हेरेर नभई आफ्नो स्वास्थ्यलाई सुरक्षित राख्न कञ्चनवासीहरुले अनिवार्य र अत्यावस्यक कार्यहरु गर्दा समेत सतर्कता अपनाई कार्य गर्न आग्रह गर्नु भएको छ। हिजो क्वारेन्टाइनमा रहेकाहरुमा मात्र कोरोना संक्रमण देखिएको थियो जसले गर्दा नियन्त्रण गर्न सहज भएको थियो अव समुदायमा फैलिसकेपछि यसको नियन्त्रत्रण एक अर्कामा भौतिक दुरी कायम गरी सतर्कता अपनउनु जरुरी रहेको अध्यक्ष क्षेत्रीले बताउनु भएको छ।
कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले कञ्चन खवरका प्रतिनीधिसंग कुराकानी गर्दै सकेसम्म कोरोना संक्रमणलाई क्वारेन्टाइनमा सिमित राख्ने प्रयास गर्दा गर्दै पनि समुदायमा फैलिसके पछि अरुले भनेको भनेर भन्दा पनि आफ्नो लागि आफैले अरुसंग सतर्कता अपनाउनुको बिकल्प नरेहको बताउनु भएको छ। यो गर्नुस तयो नगर्नुस भन्नु भन्दा पनि जे गर्नुछ आफैले आफैलाई सुरक्षित राखेर काम गर्नु पर्ने हुन्छ र अत्यावस्यक काममा बाहेक जरुरी नभएको काममा अनावस्यक गाडीमा हिडडुल नगर्नु नै कोभिड १९ को नियन्त्रणको मुख्य बिकल्प हो पन्थीले भन्नु भयो ।
गाउपालिकाले प्रकाशित सूचनामा मानिसहरुको जमघट तथा भेला समारोह नगर्ने नगराउने,दैनिक नित्य पुजा बाहेक अन्य धार्मिक कार्यहरुको आयोजना नगर्ने नगराउने,शैक्षिक संस्थाहरुको प्रशासनिक कार्यहरु बाहेक अन्य काम पुर्ण रुपमा बन्द गर्ने,बैंक,बित्तिय संस्थाहरु,सहकारी लगायत जनतासंग प्रत्यक्ष सरोकार राख्ने संस्थाहरु सकेसम्म थोरै जनशक्ती प्रयोग गरी भौतिक दुरी कायम गरी सकभर बिधुतिय माध्यमको प्रयोग गरी कारोबार गर्न गराउन अनुरोध गरिएको छ।
यस्तै अत्यावस्यक काममा बाहेक अन्य कार्यकोे लागि यातायातको साधन प्रयोग नगर्ने,गाउपालिका र वडा कार्यलयहरुबाट प्रवाह गरिने अत्यावस्यक सेवाहरु मात्र अर्को सूचना प्रकाशित नहुदासम्म २०७७ भदौ १ गते देखि बिहान ११ बजे देखि दिउस १ बजे सम्म प्रदान गरिने र घरबाट बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न गराउन सूचनामा उल्लेख गरिएको छ।

covid 19.jpg

प्रकाशित मिति : आइतबार, साउन ३२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij