बुटवल -विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न रुपन्देही जिल्लालाई लकडाउन गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले जिल्लाभर भदौ २ गतेदेखि लागु हुने गरी भदौ ७ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
यस्ता छन निषेधित गरिएका गतिविधिहरु :
खुला स्थानमा मानिसहरु भेलाजम्मा हुन,भिडभाड गर्न र सभा जुलुस गर्न।
भिडभाड हुने गतिविधि जस्तै स्जात्रा महोत्सव संचालन गर्न ।
दैनिक हुने नित्य पुजा बाहेक सम्पूर्ण धार्मिक गतिविधिहरु।
उद्योग व्यापार व्यबसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरितका क्रियाकलापहरु।
चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरु।
शैक्षिक संस्थाहरु संचालन गर्न ।
सबै प्रकारका सभा गोष्ठि, तालिम सेमिनार ,सिनेमा हल , पार्टि प्यालेस,मनोरन्जन स्थल ,शैलुन ,ब्युतिपार्लर ,स्पा ,स्विमीगं पुल,जिमखाना, समूहमा खेलिने खेलकूद,खेल प्रस्तुति पूस्तकालय,संग्रालय आदि संचालन गर्न।
फुटपात खालि ठाउ र ठेला गाडा साइकलमा संचालन हुने विभिन्न व्यबसाय कवाडि संचालन गर्न।
उद्योग ब्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड बिपरित श्रमिक कामदारको ओसार पसार गर्न ।
टेक अवे बाहेक होटल रेष्टुरा संचालन गर्न ।
बेलहिया नाका बाहेक गैरकानूनि रुपमा अन्य नाकाबाट मानिस ल्याउन लैजान ।
निजि तथा सार्वजनिक यातायात संचालन गर्न तर मुख्य राजमार्गहरु संचालनमा रहने।

प्रकाशित मिति : मंगलबार, भाद्र २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्