कञ्चनकी करुणा घर्ति मगरको हत्यामा संलग्न दोषीहरुलाई कारबाहीकोमाग राख्दै बिरोध र्याली

कञ्चनकी करुणा घर्ति मगरको हत्यामा संलग्न दोषीहरुलाई कारबाहीकोमाग राख्दै बिरोध र्याली

कञ्चन-रुपन्देहीको कञ्चन गाउपालिकामा गत साउन २२ गते राती आत्म हत्या गरेकी भनिएका कञ्चन गाउपालिका वार्ड नं.१ रातोडाडा मा बस्ने अन्दाजी १६ बर्ष कि करुणा घर्ति मगरको आत्म हत्या नभई बलत्कार गरी हत्या गरिएको र हत्या भएको १५ दिन बित्दा पनि दोषीलाई पत्ता लगाई कार्वाही नगरिएको भन्दै आज बिरोध र्याली गरेका छन ।
किशोर सम्वाद समूहकी सदस्य समेत रहेकी घर्ति मगरको हत्यारालाई कार्वाहीका लागि अनुसन्धानलाई ढिलासुस्ती गरेको र अनुसन्धानलाई तिब्रता दिन नसकेको भन्दै साथी सञ्जाल र किशोर सम्वाद समूहले करुणको हत्यारालाई कार्वाही गर,प्रहरी प्रशासन किन मौन जस्ता प्ले कार्ड सहित मृतक करुणा घर्तिको घर रातोडाडा देखि इलाका प्रहरी कार्यलय,साल्झण्डीसम्म बिरोध र्याली प्रदर्शन गरी इप्रका सालझण्डीमामा बिरोध प्रदर्शन गरेका थिए ।
गत साउन २२ गते राती देखि बेपत्ता भएकी करुणाको खोजबिन गर्दा २३ गते बिहान करिब ८ बजे आफ्नै घर अगाडीको जंगलमा रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन । घटनाको प्रकृति अनुसार करुणले आत्महत्या गरेको नभई मारेर झुण्ड्याइएको हुन सक्ने स्थानियहरुको आशंका गरेका थिए। करुणको हत्यामा बिगत एक बर्ष देखि प्रेम सम्बन्ध रहेका सोही ठाउकै सुमन कालालाई अनुसन्धानका लागि सोही दिनमै इलाका प्रहरी कार्यलय सालझण्डीले नियन्त्रणमा लिएको थियो ।
स्थानियहरुद्धारा घटनास्थल वरीपरी खोजतलास गर्दा खुट्टामा लगाएको एउटा चप्पल घटनास्थल देखि करिब १ सय मिटर उत्तरतर्फ फेला परेको थियो भने निजको सलवारको घुडामुनीको भाग च्याटेर सोही च्याटिएको सलवारको टुक्राले घांटीमा पासो लगाई भुण्डिएको अवस्थामा फेला परेको थियो । यसैगरी घटनास्थल देखि करिब १ सय ५० मिटर उत्तर तर्फ बाटोछेउमा रहेको बाझो खेत जहाँ उनिहरु बसेको ठाउको वरीपरी घांस तथा झार माडिएको र सुमन कालाले सोही ठाउमा बलत्कार गरेर करुणलाई हत्या गरी करुणाकै घर अगाडीको जंगलमा लगि निजले लगाएको सलवार च्याटेर सोही सलवारले घांटीमा पासो लगाएर झुण्ड्याएको हुन सक्ने स्थानियहरुको आरोप रहेको छ ।
साउन २२ गते राती अवेर सम्म घर नआएपछि करुणाको परिवारले सोही दिन वरपर छिमेकमा खोजी गरेपनि फेला नपरेको र अर्को दिन निजको प्रमिका सुमनले आफुहरु राती १२१ बजेसम्म संगै बसेको र करुणलाई आफुले नै घर छोड्न आएको र उसंग कुनै अनैतिक सम्बन्ध नरहेको भन्दै स्पष्टीकरण दिएपनि आरोपित सुमनले नै करुणाले आत्म हत्या गरेको घटनास्थल देखाएकोले र उनिहरु बस्ने गरेको ठाउमा घांस तथा झार माडिनु,एउटा चप्पल खुट्टामा अर्को घटनास्थल भन्दा १ सय मिटर उत्तरतर्फ बाटोको छेउमा भेटिनु,सलवारको आधा भाग चयाटिनु र सोही सलवारको टुक्राले घांटीमा पासो लगाएर भुण्डिएको अवस्थामा भेटिनु आत्महत्या नभई बलत्कार पछिको हत्या नै भएको भन्दै सुमन कालालाई प्रहरी प्रशासनले नियन्त्रणमा लिएको थियो ।
यसैगरी घटना घटेको दिन बिभिन्न संचार माध्यमहरु मार्फत करुणाको आत्म हत्या नभई हत्या गरिएको र करुणाको हत्यामा संलग्न सुमन काला नै भएको भन्दै बोल्ने स्थानियहरुलाई ७ ८ जना युवाहरु आई ्धम्क्याउने र मार्ने समेत धम्की दिने गर्नाले सुमनमाथीको शंकामा अझ थप बल पुगेको र करुणाको हत्या गर्ने सुमन नै भएको प्रमाण प्रष्ट भएको र अनुसन्धानलाई फितलो बनाउने प्रयास गरेको भन्दै गजेडी साथी सञ्जाल र किशोरी सम्वाद समूहको नेतृत्वमा उक्त र्याली गरेको गजेडी साथी सञ्जालकी अध्यक्ष सुस्मिता नेपालीले बताएकी छन ।
यसैगरी करुणको हत्यमा सुमन काला मात्र एक्लै नभएको र सुमनसंगै थप अरुको पनि संलग्नता हुन सक्ने र अनुसन्धान कार्यलाई ढिलाई गरेको र कुनै महत्व नदिएको भन्दै अनुसन्धान तिब्रता दिन र दोषीलाई कडा भन्दा कडा कार्वाही गरिनु पर्ने माग राख्दै प्रहरी प्रशासनलाई सतर्कता गराउन सतकर्तता र्याली गरिएको किशोरी सम्वाद समूहकी सहजकर्ता गिता भुजेलले बताइन ।
इलाका प्रहरी कार्यलयका प्रमुख तथा प्रहरी निरीक्षक कमल परियारले भने घटनाको बास्तबिक दोषी पत्ता लगाउन अनुसन्धान जारि रहेको र स्थानियहरुले भने जस्तो कुनै ढिलाई सुस्ती नभएको बताउनु भएको । कुनै पनि घटना घटिसके पछि स्थानिय र पिडित पक्षले छिटो दोषी पत्ता लगाई कार्वाही गरिनु पर्ने माग राख्नु जायज भएको तर पिडितहरुले भनेजस्तो शंका गरिएका ब्यक्ती वा दोषीलाई प्रमाणित गर्न थप अनुसन्धान गरि कुनै पनि दोषी उम्कन नपाओस र घटनाको सत्य तथ्य पत्ता लगाई कार्वाहीको बलियो आधार बनाउनु पर्ने भएकोले अनुसन्धानको दायरालाई अझ प्रभावकारी बनाउनकै लागि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक परियारले जानकारी दिनु भएको छ।

IMG_8866.JPG
IMG_8878.JPG
IMG_8888.JPG

प्रकाशित मिति : बुधबार, भाद्र ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij