विश्वमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या दुई करोड २५ लाख ५५ हजार छ सय ६२ पुगेको छ ।
एकै दिन दुई लाख ५८ हजार दुई सय नौ जना नयाँ संक्रमित थपिएका छन् । कोरोनाकै कारण विश्वमा सात लाख ८९ हजार नौ सय ४८ जनाको मृत्यु भइसकेको छ । एकै दिन छ हजार चार सय २९ जनाले ज्यान गुमाए ।
एक करोड ५२ लाख ८६ हजार दुई सय ६० जना उपचारपछि निको भएका छन् । ६४ लाख ७९ हजार चार सय ५४ जना उपचाररत रहेकोमा ६२ हजार २९ जनाको अवस्था गम्भीर छ ।
सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या ५६लाख ९८ हजार सात सय १४ पुगेको छ । एक लाख ७६ हजार दुई सय ८३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै एक हजार दुई सय नौ जनाले ज्यान गुमाए ।
३० लाख ५७ हजार नौ सय ९१ जनाले उपचारपछि कोरोना जितेका छन् । २४ लाख ६४ हजार चार सय ४० जना उपचाररत रहेकोमा १६ हजार नौ सय ६९ जनाको अवस्था चिन्ताजनक छ ।
ब्राजिलमा एकै दिन ४८ हजार पाँच सय ४१ नयाँ बिरामी थपिएसँगै संक्रमित हुनेको संख्या ३४ लाख ६० हजार चार सय १३ पुगेको छ । एक लाख ११ हजार एक सय ८९ जनाले ज्यान गुमाएका छन् । एकै दिन एक हजार एक सय ७० जनाको मृत्यु भयो ।
२६ लाख १५ हजार दुई सय ५४ जनाले उपचारपछि कोरोना जितेका छन् । सात लाख ३३ हजार नौ सय ७० जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।
छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा मात्रै ६९ हजार एक सय ९६ संक्रमित थपिएपछि जम्मा संक्रमित संख्या २८ लाख ३५ हजार आठ सय २२ पुगेको छ । ५३ हजार नौ सय ९४ जनाको कोरोना कारण मृत्यु भइसकेको छ ।
२० लाख ९६ हजार ६८ जना उपचारपछि घर फर्किएका छन् । छ लाख ८५ हजार सात सय ६० जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।
प्रकाशित मिति : बिहिबार, भाद्र ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्