हरितालिका तीजअन्तर्गत आज दर खाने दिन, कोरोनाका कारण रमझम शुन्य

हरितालिका तीजअन्तर्गत आज दर खाने दिन, कोरोनाका कारण रमझम शुन्य

बुटवल-नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अघिल्लो दिन आज (बुधबार) दर खाइँदैछ ।

भाद्र शुक्ल द्धितियाको अघिल्लो दिन तीजको निराहार ब्रत बस्न शक्ति प्राप्त होस् भन्ने उदेश्यका साथ महिलाहरुले दर खाने पुरानो चलन छ । दर खाएको भोलिपल्ट नारीहरु दिनभर पानी समेत नखाइकन निराहार ब्रस बस्ने गरेका छन् ।

नाचगान गरेर रमाइलो गर्दै मिठा परिकारका साथमा दर खाने चलन छ । तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने परम्परा छ ।

दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक–फरक हुने गरेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ ।

परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीजमा ब्रत बस्ने चलन रहेको छ ।

तर यस वर्ष कोरोना भाइरसको महामारीका कारण नेपाली महिलाहरुको तीज खल्लो हुने भएको छ । एकअर्कामा भेटघाट र सामूहिक रुपमा कार्यक्रमहरु गर्न सरकारले रोक लगाएको छ । विगतमा तामझामका साथ सामूहिक रुपमा दर खाने र तीज मनाउने गरिन्थ्यो ।

यस वर्षभने महामारीका कारण आफ्ना परिवारका सदस्यहरुसँग घरमै बसेर दर खान, तीज मनाउन र पूजापाठ गर्न सरकारले आग्रह गरेको छ । यस वर्ष दर खाने दिनको रौनक छैन । कुनै पनि ठाउँमा रमाईलो, रमझम र चहलपहल छैन ।

प्रकाशित मिति : बिहिबार, भाद्र ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij