होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई सन्तुलित भोजनबापत प्रतिदिन ३५० रुपैयाँ उपलब्ध गराउने

होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई सन्तुलित भोजनबापत प्रतिदिन ३५० रुपैयाँ उपलब्ध गराउने

काठमाडौं । टोखा नगरपालिकाले होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई सन्तुलित भोजनबापत प्रतिदिन ३५० रुपैयाँ उपलब्ध गराउने भएको छ ।

नगरप्रमुख प्रकाश अधिकारीका अनुसार संक्रमण पुष्टि भएका व्यक्तिले होम क्वारेन्टिनमा बस्न चाहेमा स्वास्थ्य शाखाको सिफारिस अनुसार सन्तुलित भोजनबापत प्रतिदिन ३५० रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।

कार्यपालिका बैठकले वडा नम्बर २ मा अवस्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ३० देखि ४० बेडको आइसोलेसन कक्ष बनाउने निर्णय भएको नगर प्रमुख अधिकारीले बताए ।
नगरप्रमुख अधिकारीले अनलाइनखबरसँग भने, ‘नगरभित्र अहिलेसम्म ७७ जना संक्रमित भेटिएका छन् । २३ जना होम आइसोलेसनमा बसेका छन् भने २५ जना अस्पतालमा छन् । अन्य डिस्चार्ज भएर घर गइसकेका छन् । तर संक्रमित बढ्दै गएमा सोही प्राथमिक केन्द्रमा ९० बेडको आइसोलेसन बनाउने तयारी भइरहेको छ ।’

नगरपालिकाभित्र आइसोलेसन सेन्टर निर्माण तथा व्यवस्थापनका लागि उपप्रमुख ज्ञानमाया डंगोलको संयोजकत्वमा ९सदस्यीय समिति समेत गठन गरेको उनले बताए ।

कोरोना संक्रमित बढेमा उनीहरुलाई राख्नका लागि वडा नं १ को सामुदायिक भवन, ६ को सामुदायिक अध्ययन केन्द्र, ९ को पिस बैंक्वेट, ११ को सामुदायिक भवन, ९ को नेवाः पुछः सामुदायिक भवन, वडा नं ७ को राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको भवन प्रयोगमा ल्याउने बारेमा गठित समितिले अध्ययन गर्ने उनले बताए ।

प्रकाशित मिति : बिहिबार, भाद्र ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij