बुटवलका ३ जना सहित रुपन्देहीमा ११ जना नयाँ कोरोना संक्रमित थपिए

बुटवलका ३ जना सहित रुपन्देहीमा ११ जना नयाँ कोरोना संक्रमित थपिए

बुटवल ।
२४ घण्टामा रुपन्देहीमा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको पीसीआर परीक्षण गर्दा बिहिबार ११ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
बिहिबार थपिएका संक्रमितमा २ जना चिकित्सक रहेको र अन्यको ठेगाना नखुलेको प्रदेश ५ जनस्वास्थ्य प्रयोगशाला प्रमुख तथा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिनुभयो। गिरीका अनुसार अपरान्ह ४ बजे सम्म प्रदेश ५ जन स्वास्थ्य प्रयोगशालामा भएको पीसीआर रिपोर्ट प्राप्त भएको तर लुम्बिनी प्रादेशिक अस्पताल र नेशनल प्याथ ल्यावको रिपोर्ट आउन बाँकी रहेको छ ।
बुटवल उपमहानगरपालिकाका निमित्त स्वास्थ्य शाखा प्रमुख गिता पाण्डेले बिहिबार ४ बजे सम्म उपमहानगरमा ३ जना नयाँ संक्रमित थपिएको बताउनुभएको छ । वार्ड नम्बर ११ मा २ जना र वार्ड नम्बर १२ मा १ जना संक्रमित थपिएको पाण्डेले बताउनुभयो ।

प्रकाशित मिति : बिहिबार, भाद्र ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij