बुटवल ।
बुटवलको सुख्खानगर स्थित तिनाउ ईन्टरनेशनल अस्पतालमा अप्रेशन सकिए लगत्तै बिरामीको कारोना पुष्टि भएपछि अस्पतालको ३ वटा वार्ड सिल गरेर चिकित्सक सहित स्वास्थ्यकर्मीहरु आइसोलेट भएका छन् ।
बुटवल मिलनचौकका एक जना बिरामीको एपेन्डिक्सको अप्रेशन गरे लगत्तै
कोरोना पुष्टि भएको रिपोर्ट आएपछि चिकित्सक सहित स्वास्थ्यकर्मी आइसोलेसनमा बसेर अस्पतालको प्रमुख वार्डहरु सिल गरिएको होे ।
एपेन्डिक्स फुट्ने अवस्थामा पुगेका कारण पीसीआर रिपोर्टको प्रतिक्षा नगरि शल्यक्रिया थालिएकोमा बिरामीको शल्यक्रिया सकिए लगत्तै कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
शल्यक्रिया लगत्तै कोरोना पुष्टि चिकित्सक सहित स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा बसालेर ओटी र पोष्ट ओटी सिल गरिएको
अस्पतालका अध्यक्ष चिरन्जिबी जोशीले बताउनु भयो ।’
बिरामीको अवस्था सामान्य रहेको र अस्पतालको ओटी, पोष्ट अप्रेशन र आपिडी सेवा बन्द गरिएको अध्यक्ष जोशीले बताउनु भयो । उहाले ३ जना चिकित्सक सहित १२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको बताउनु भयो ।
प्रकाशित मिति : बिहिबार, भाद्र ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्