आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

काठमाडौं- नेपाली नारीहरूले आज धुमधामसँग ऋषि पञ्चमी मनाउँदैछन् । भदौ शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा सप्तऋषिको पूजा आराधना गरिन्छ ।

महिलाले आज बिहानै उठेर ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरी त्यसपछि हरितालिका व्रत समापनका लागि गौदान, पूर्णपात्रलगायत काम गर्ने र त्यसपछि सप्तऋषिको पूजा गर्ने परम्परा छ ।

हरितालिका तीजको व्रत एवं पूजाआजा महिला-पुरुष दुवैले गर्ने शास्त्रीय मान्यता रहे पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

रजस्वलाका समयमा छोइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमी पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।

आजको दिन अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।

ऋषि पञ्चमी महिलाको रजस्वलासित जोडिएको किम्बदन्ती  छ । किम्बदन्ती अनुसार पौराणिककालमा स्वर्गका राजा इन्द्रले विश्वरूपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्म-हत्याको पाप भोग्नुपर्यो । ब्रह्म-हत्याको पाप लागेपछि इन्द्रले यसको निवारणका लागि ब्रह्मासँग आग्रह गरे । ब्रह्माले इन्द्रको पाप निवारणका लागि एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, पानी र स्त्रीमा चार भाग लगाई चारैतिर फयाँकिदिए । यसैकारण जमिन उब्जनी नहुने, वृक्षबाट खोटो निस्कने, पानीबाट फिँज निस्कने र स्त्रीमा रज देखिन थालेको धार्मिक मान्यता छ ।

रजस्वला भएका बेलामा अरुलाई छोइछाइ हुँदा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले रोग निम्त्याउने र त्यसले महिलालाई पाप लाग्ने भएकाले छुन नहुने र जानीनजानी छोइछाई भए सप्तऋषिको पूजा गर्दा पापबाट मुक्ति हुने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : आइतबार, भाद्र ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij