१२ वर्ष माथिकालाई मास्क अनिवार्य

१२ वर्ष माथिकालाई मास्क अनिवार्य

 विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले १२ वर्षभन्दा माथिको उमेर समूहकाले मास्क अनिवार्य लगाउनु पर्ने जनाएको छ ।

१२ वर्षभन्दा माथिका बालबालिकाले मास्कको अनिवार्य प्रयोग गरेमा विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न मद्धत पुग्ने उसले जनाएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन र संक्रमण फैलिन नदिनका लागि सम्बन्धित देशहरुको निर्देशिकासँग अनुकुल हुने गरी १२ वर्ष वा त्यो भन्दा माथिका बालबालिका, किशोरकिशोरीसहितले मास्क लगाउनु पर्ने मास्क सम्बन्धी डब्लुएचओले जारी गरेको नयाँ निर्देशिकामा उल्लेख छ।

बालबालिकाबाट भाइरसको संक्रमण कस्तो वा कुन दरमा हुन्छ भन्नेबारे सीमित मात्रै जानकारी रहेको स्वीकार गरेको डब्लुएचओले किशोरकिशोरीबाट भने वश्यकहरुबाट जस्तै संक्रमण फैलिने बताएको छ।

डब्लुएचओले पाँच वर्षसम्मका बालबालिकाले भने मास्क लगाउन नपर्ने र मास्कका कारण पाँच वर्षसम्मका बालबालिकालाई स्वास्थ्य जोखिम पनि हुने जनाएको छ ।

डब्लुएचओको नयाँ निर्देशिका अनुसार १२ वर्षभन्दा माथिकाले वयश्कले जस्तै मास्क लगाउनु पर्ने तथा ६ देखि ११ वर्षसम्मका बालबालिकाको हकमा भने संक्रमण फैलिएको क्षेत्र वा संक्रमित व्यक्तिको सम्पर्कमा जाँदा मात्रै मास्क लगाउनु पर्ने उल्लेख छ।

मास्कको प्रयोगमा आफ्ना बालबालिकालाई अभिभावकले सहयोग गर्नु पर्ने पनि डब्लुएचओले जनाएको छ।

विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या दुई करोड ३३ लाख ५७ हजार सात सय ४३ पुगेको छ । एकै दिन विश्वमा दुई लाख ४९ हजार तीन सय १७ जना नयाँ संक्रमित थपिए । आठ लाख सात हजार छ सय ८० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा विश्वमा पाँच हजार ८० जनाको कोरोनाका कारण मृत्यु भयो ।

प्रकाशित मिति : आइतबार, भाद्र ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij