काठमाण्डौ -खाडी र मलेसियासहित संसारका विभिन्न ३८ देशमा कार्यरत ३४ हजारभन्दा धेरै नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म संसारका ३८ देशमा कार्यरत ३४ हजार ३ सय १ जना नेपालीमा कोरोना कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ९३।५ प्रतिशत अर्थात ३२ हजार २ सय ५३ जना नेपाली शनिबार साँझसम्म कोरोना मुक्त भएको समितिले जनाएको छ ।
विदेशका १६ देशमा १९२ जना नेपालीको कोरोनाको कारण ज्यान गएको छ । स्वास्थ्य समितिका अनुसार गएको साता थप एकसहित अहिलेसम्म संसारका विभिन्न देशमा रहेका १ सय ९२ जना नेपालीको कोरोनाको कारण ज्यान गएको हो । गएको साता लग्जम्वर्गमा १ नेपालीको कोरोनाको कारण ज्यान गएको हो ।
अहिलेसम्म कोरोना भाइरसका कारण बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथअफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान छ । स्वास्थ्य समितिका अनुसार फेरि गएको साता विभिन्न देशमा कार्यरत नेपालीमा कोरोना सङ्क्रमण बढ्दो छ ।
गएको साता अष्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरब लगायतका देशमा रहेका नेपालीमा सामान्य रुपमा सङ्क्रमण दर बढेको छ ।
स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड १९ को दोस्रो वेभ दोस्रो लहर सुरु भइसकेको छ ।
डा.सापकोटाले कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी रुपमा फैलिरहेको अवस्थामा सबै नेपाली समुदायलाई सजक रहन आग्रह गर्नुभएको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्