आगामी भदौ १६ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने सरकारको निर्णय

आगामी भदौ १६ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने सरकारको निर्णय

पिसीआर रिपोर्ट अनिवार्य

काठमाडौँ – सरकारले आगामी भदौ १६ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय उडानका क्रममा पीसीआर परीक्षण सहज भएका मुलुकहरुबाट मात्रै यात्रुहरु ल्याउन पाइने सरकारले जनाएको छ।

शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा। युवराज खतिवडाले मलेशिया, चीन, क्यानडा, युएई, दक्षिण कोरिया, हङकङ, युरोपेली मुलुक, जापान, अष्ट्रेलिया तथा अमेरिकाबाट नियमित उडानमार्फत यात्रु ल्याउन सकिने बताए।

तर पीसीआर परीक्षण नभएका साउदी अरब, कुवेत, कतार लगायतका देशबाट नियमित उडानबाट यात्रु ल्याउन नपाइने सरकारले निर्यण गरेको छ। त्यहाँको दूतावासले परीक्षण गरेको अवस्थामा मात्र उद्धार गरेर ल्याउने खतिवडाले जानकारी दिए।विदेशबाट आउनेले कम्तिमा १४ दिन क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने निर्णय पनि सरकारले लिएको छ।

सरकारको निर्णय बमोजिम मात्रै यात्रुहरु ल्याउन पाइने छ। मन्त्री खतिवडाले भने, ‘नेपाल सरकारको निर्णय बमोजिम नेपाल आउन चाहने नेपाली नागरिक, विदेशी नियोगका कुटनीतिज्ञ र कर्मचारी, संयुक्त राष्ट्र संघ, विकाश साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिहरुलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान गर्न पाइने छ।’ पर्यटन मन्त्रालयले जारी गरेको कार्यतालिका अनुसार प्रत्येक दिन पाँच सयजनाका दरले नेपाल वायु सेवा निगम वा निजी क्षेत्रका विमानमार्फत ल्याइनेछ।

प्रकाशित मिति : आइतबार, भाद्र ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij