नेपालमा पछिल्लो २४ घण्टामा ८१८ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ८१८ जना कोरोना संक्रमित थपिए

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ८१८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २८१ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ६३१ पुगेको छ ।
शनिबारसम्म ११ हजार ४१४ जना क्‍वारेन्टाइनमा रहेका छन् भने १३ हजार १५५ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा ८ हजार २६ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ६ लाख ४ हजार ४४४ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।
थप ३ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४९ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, भाद्र ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij