बुटवलका ८ सहित प्रदेश ५ मा थप ६९ जनामा कोरोना पुष्टि

बुटवलका ८ सहित प्रदेश ५ मा थप ६९ जनामा कोरोना पुष्टि

बुटवल ।
बुटवलका ८ सहित प्रदेश ५ मा आइतबार थप थप ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार आज (आइतबार) वडा न ३ मा १ जना, वडा न ८ मा २ जना, वडा न ११ मा २ जना, वडा न १२ मा १ जना, वडा न १३ मा १ जना र वडा न १५ मा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यससँगै प्रदेश ५ मा कोरोना भाइरस संक्रमित हुनेको संख्या ५ हजार ५ सय ५ हजार ६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालाहरूमा गरिएको पिसीआर परिक्षणका क्रममा बुटवलका ८ जना सहित थप ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले जानकारी दिए ।

प्रदेश ५ अन्तर्गत आइतबार रूपन्देहीको बुटवलका ८ जना, नवलपरासी पश्चिमका ३४ जना, कपिलवस्तुका १२ जना, अर्घाखाँचीका १२ जना, र पाल्पाका ३ जना गरि ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

हालसम्म प्रदेश ५ का ४ हजार ३ सय ६२ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएर घर फर्कीएको र अझै १ हजार १ सय १५ जना संक्रमित उपचाररत रहेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी पौडेलले जानकारी दिए ।

प्रदेश ५ मा हाल १ हजार ६ सय ५२ जना क्वारेन्टाइनमा रहेका छन् ।
कोरोना भाइरस संक्रमणका कारण प्रदेश ५ मा अहिलेसम्म २१ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : आइतबार, भाद्र ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij