नेकपाले सचिवालय बैठक शनिबार बोलायो

नेकपाले सचिवालय बैठक शनिबार बोलायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठक आगामी भदौ १३ गते बस्ने भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचमंगलबार भएको छलफलपछि भदौ १३ गते ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाउने तय भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

कार्यदलको प्रतिवदन कार्यान्वयनका विषयमा छलफल गर्न ओली र प्रचण्डबीच झण्डै दुई घण्टा छलफलपछि सचिवालय बैठकको समय निर्धारण गरिएको हो ।

पार्टी भित्रको विवाद समाधान गर्न महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन सचिवालय बैठकमा छलफलपछि स्थायी कमिटीमार्फत अनुमोदन गरेसँगै कार्यन्वयनमा लैजाने नेताहरुको तयारी छ ।

ओलीप्रचण्डले अन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वको ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

प्रकाशित मिति : मंगलबार, भाद्र ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij