बुटवल-पछिल्लो २४ घण्टामा प्रदेश ५ मा १ सय जना संक्रमित थपिएका छन्।
प्रदेश ५ सामाजिक विकास मन्त्रालयको दैनिक कोभिड १९ ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा पुष्पराज पौडेलले तीमध्ये ६९ जना पुरुष र ३१ जना महिला रहेको जानकारी दिए।
उनका अनुसार प्रदेश ५ मा १ हजार ६० जना सक्रिय संक्रमित छन्। मंगलबार रुपन्देहीमा ६९ जना, प्युठानमा १८ जना, बाँकेमा ९ जना, बर्दियामा ६ जना, कपिलवस्तुमा ५ जना, पाल्पामा ४ र गुल्मीमा १ जनामा संक्रमण देखिएको छ।स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहका अनुसार कञ्चन गाउपालिका २३, बुटवल उपमहानगरपालिका १८ जना, सिद्धार्थनगरमा ९, शुद्धोधनमा २, मायादेवीमा ७, देवदहमा २, ओमसतियामा १, सम्मरीमाईमा ३ र सियारीमा ४ जनामा संक्रमण देखिएको छ।
प्रदेश ५ मा ४ हजार ५६६ जना संक्रमणमुक्त भएका छन्।
प्रदेश ५ मा कोरोना भाइरसको संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति : मंगलबार, भाद्र ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्