बुटवल ।
रुपन्देहीमा होम आइसोलेशनमा रहेका ८ जनाले कोरोना जितेका छन्। रुपन्देहीका ३ सय ४६ संक्रमितले कोरोना जितेकोमा ८ जना होम आइसोलनमा बस्नेहरू रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
सामान्य रुघाखोकीसहित कोरोनासँग मिल्दोजुल्दो अन्य कुनै लक्षण नभएका ८ जना संक्रमितहरू घरबाट नै कोरोना सक्रमण मुक्त भएका हुन्।
सरकारले पछिल्लो समय कुनै लक्षण नभएका तथा सामान्य लक्षण भएका संक्रमितलाई आआफ्नै घरमा आइसोलेशनमा बस्ने सक्ने भनेको छ।
रुपन्देहीका अन्य ३ सय ३८ संक्रमित विभिन्न आइशोलेशन सेन्टर र अस्पतालमा उपचारपछि निको भएका हुन्। त्यसरी निको हुनेमा भीम अस्पतालबाट ५५, एन्फा भवनबाट ६४, कोरोना विशेष अस्पतालबाट २६, सैनामैना चिकित्सालयबाट ३३, शंकरनगर स्वास्थ्य चौकीबाट ३३, हरैया माविबाट ६, विभिन्न पालिकाको क्वारेन्टाइनबाट उपचार पाएर १ सय ११ र प्रदेश भन्दा बाहिरबाट उपचार पाएर १० जना संक्रमित रहेका छन्।
प्रकाशित मिति : बुधबार, भाद्र १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्