काठमाडौं ;चितवनमा पाँच महिने शिशुसहित ४५ जना कोरोना संक्रमित थपिएका छन्। भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेज ९सीएमसी० मा गरिएको परीक्षणमा चितवनका ४५ सहित ५२ जनामा संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालको प्रयोगशालामा १५९ नमुनाको परीक्षण भएको थियो। जसमध्ये २६ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ। तीमध्ये १४ जना रत्ननगर नगरपालिकाका छन्। माडी नगरपालिकाका नौ जनामा र भरतपुर महानगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ। बाँकी एक जना तनहुँ, देवाघाट गाउँपालिकाको रहेको अस्पतालले जनाएको छ। संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका १८ जना, रत्ननगर नगरपालिकाका १८ जना रहेका छन्। यस्तै माडी नगरपालिकाका ९ जना रहेका छन्। यस्तै तनहुँको देवघाट र भानुका २ जना, पूर्वी नवलपरासीको गैंडाकोटका १, मध्यविन्दुका २ जना गरी ३ जना, सर्लाहीको इश्वरपुरका १ र हरिपुरका १ गरी दुई जनामा संक्रमण पुष्टि भएको हो।
प्रकाशित मिति : बिहिबार, भाद्र ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्