कोरोना विशेष अस्पताल थप गर्न शान्ति समाजको आग्रह

कोरोना विशेष अस्पताल थप गर्न शान्ति समाजको आग्रह

 

बुटवल-मानव अधिकार तथा शान्ति समाज केन्द्रीय समितिले सरकारले सम्पूर्ण अस्पतालहरुमा कोरोना संक्रमित विरामीहरुलाई उपचार गर्न २० प्रतिशत वेडहरु छुटयाउनु पर्ने अवधारणा निर्देशित गरेको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

दीर्घरोगि वृद्घ वृद्घा, बालबालिका लगायत अति संवेदनसिल स्वास्थ समस्या भएका विरामीहरुले उपचार गराईरहेका सम्पूर्ण अस्पतालहरुमा कोरोना संक्रमित विरामी समेत सम्पर्कमा आउँदा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका अन्य विरामीहरुमा संक्रमण फैलिन गई झन ठूलो समस्या निम्तिन सक्ने गम्भिर अवस्था प्रति सरकार बेलैमा सचेत रहनुपर्ने विज्ञप्तिमा उल्लेख छ । यस्तो अदुरदर्शी निर्णयले गर्दा विश्वका केहि देशमा स्थिति अझ भयावह भएको समाचार संचारमाध्यममा आएकै जनाईएको छ ।

मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्य समितिका बरिष्ठ उपसभापति गोविन्द खनालद्धारा जारी विज्ञप्तिमा हाललाई देशका ठूला २० प्रतिशत भन्दा बढी अस्पतालहरुसंग समन्वय÷सहमति गरेर ति अस्पतालहरुको क्षमता अभिवृद्घि गरि कोरोना संक्रमितहरुका लागि उपचार गर्ने विशेष व्यवस्था गर्नु वैज्ञानिक र व्यवहारिक हुन्छ भनिएको छ । ती निश्चित अस्पतालहरुमा स्वास्थ सुरक्षा व्यवस्थापन गर्न, स्वास्थ्यकर्मिहरुको सुरक्षा र सुविधा प्रबन्ध मिलाउन पनि धेरै सहज, सरल र प्रभावकारी हुने हुदा यस विषयमा पुनर्विचार गर्न सरकारले ढिलो गर्नुहुदैन ।

आवस्यकता अनुसार धेरै भन्दा धेरै अस्पतालहरुलाई क्षमता अभिवृद्घि गरि यसरि नै कोरोना विशेष अस्पतालको रुपमा छुट्टै प्रयोगमा ल्याउने योजना बनाउन समेत सरकारलाई आग्रह माग गरिएको छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij