कोरोना संक्रमितलाइ प्रतिरोधात्मक क्षमता बढाउन तिलोत्तमाद्धारा आयुर्वेदिक औषधि वितरण

कोरोना संक्रमितलाइ प्रतिरोधात्मक क्षमता बढाउन तिलोत्तमाद्धारा आयुर्वेदिक औषधि वितरण

बुटवल –रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमितहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि वितरण शुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमणको रोकथाम, उपचार तथा नियन्त्रणलाई सहयोग पु¥याउने उद्देश्यले औषधि वितरण गरेको हो ।
नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरीको उपस्थितिमा शुक्रबार बिहान आइसोलेसन सेन्टरमा रहेकाहरुलाई औषधि वितरण गरिएको नगरपालिकाका सिनियर अहेव अधिकृत गणेश गौतमले जानकारी दिनुभयो । यस्तै घरमैं आइसोलेसनमा बसेकाहरुलाई सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत् घरमैं पुगेर आयुर्वेदिक औषधि वितरण गरिने उहाँको भनाइ छ ।
तिलोत्तमा नगरपालिकामा बिहीबारसम्म कोरोना संक्रमितको संख्या ९९ जना रहेकोमा ५३ जना आइसोलेसनबाट निको भएर घर फर्किएका छन् । हाल आइसोलेशनमा ४६ जना मात्र रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाले रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिका साथै तनाव व्यवस्थापनलाई समेत जोड दिएको छ ।
आयुर्वेदिक औषधि रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै तनाव व्यवस्थापनका लागि समेत उपयोगी मानिन्छ । नगरपालिकाले रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग काठमाडौँबाट तयार पारिएको प्रोटोकलअनुसार औषधि प्रयोगमा ल्याएको हो । गुर्जो, अश्वगन्धा चूर्ण, तुलसी चिया, च्वानप्रास लगायतका आयुर्वेदिक औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यी औषधि प्रयोग गर्न प्रोत्साहन गर्नेगरी वितरण गरिएको करहिया आयुर्वेदिक औषधालयका इञ्चार्ज प्रकाश ज्ञवालीले बताए ।
कोरोना भाइरस सङ्क्रमण पुष्टि भई लक्षण नदेखिएका वा सामान्य लक्षण देखिएकालाई मनोसामाजिक परामर्शका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने आहार–विहार तथा स्थानीयस्तरमा उपलब्ध जुडीबुटीबाट निर्मित औषधिको सेवनमा प्रोत्साहित गरिएको उहाँले बताउनु भयो ।

प्रकाशित मिति : शुक्रबार, भाद्र १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij