बुटवल
सिता बराल
कोरोना भाइरसको संत्रासले भएको लकडाउनले धेरैलाई असर गरेको छ । अझ नियमित रुपमा चिकित्सकसंग परामर्श गर्नु पर्ने र नियमित औषधि सेवन गर्नुपर्ने विमारीहरुलाई थप अन्यौल गरेको छ । अहिलेको अवस्थामा अन्य रोगका दिर्घ रोगिहरुलाई अस्पताल जानु थप खतरा देखिने हुनाले धेरै अस्पताल जान डराउनुका साथै उनीहरुलाई सम्भव पनि नहुने हुन्छ ।
अस्वस्थ जीवन शैली र अव्यवस्थित खानपानका कारण रक्तचाप, मधुमेह, कोलस्टेरोल, मुटुरोगका बिरामीको संख्या धेरै रहेका छन् । अहिले लकडाउनका कारण धेरै बिरामी औषधी सिद्धिएर फलोअपमा जान पाएका छैनन् । यस्तो अवस्थामा बिरामीले औषधी १–२ महिना आफैंले थप गरी नछुटाई सेवन गरेमा फरक नपर्ने चिकित्सक बताउँछन् ।
मधुमेहकी बिरामी बुटवल गोलपार्कमा बस्ने बसन्ता थापा बिगत ५ बर्ष देखि नियमित औषधि सेवन गर्दे आइरहनु भएको छ ।सन्तुलनमा रहेको मधुमेह अहिले बढेको छ । सैनामैना का बस्तेत पनि लकडाउन सगै सुगर बढेको गुनासो गर्नुहुन्छ । बिचको लकडाउन ले गर्दा आफु मानसिक चिन्ता देखि नियमित व्यायम नभएको हुदा आफनो सुगर बढेको उहा बताउनु हुन्छ ।अब कम र सहज होला भन्दा झन झन कोरोन सक्रमित बढेको सुन्दा मानसिक चिन्ताले मेरो सुगर झन बढेको अनुभव भएको बताउनुहुन्छ । कतिपय मधुमेहका बिरामीलाई पनि लकडाउनका कारण समस्या परिरहेको छ
त्यस्तै बुटवल सालझण्डीमा महेश बुढा बर्ष ५० का उहाले १५ बर्ष भयो नियमित औषधि सेवन गर्दे आइरहनु भएको छ ।सन्तुलनमा रहेको मधुमेह अहिले बढेको छ ।उहाले नियमित औषधि सेवन त गर्नु भएको छ तर उहालाइ चिकित्सको परामर्स लिन जान असुबिधा छ ।भने कतिपयले सन्तुलिन खाना खाँदै व्यायाम पनि गरिरहेकी छन जसकारण उनीहरुका मा कुनै ठूलो समस्या देखिएको छैन । रगतमा चिनीको मात्रा आवश्यकता भन्दा बढी हुने अवस्थालाई चाहि मधुमेह अर्थात चिनीरोग भएको भन्दछौँ । हाम्रो शरीरमा इन्सुलिन भन्ने हर्मोन हुन्छ । यो हर्मोन पेटमा अर्थात पेङक्रियाजले उत्पादन गर्छ ।यसको उत्पादन कम भयो भने या हर्मोनले राम्रोसंग काम गर्ने अवस्था भएन भने रगतमा चिनीको मात्रा बढ्छ । रगतमा चिनीको मात्रा बढेपछि यसलाई हामी मधुमेह रोग लागेको भन्दछौँ । यसको समयमा सहि उपचार हुन सकेन भने बिभिन्न जटिलताहरु ल्याउँछ फिजिसियन डा .सरोज थापा बताउनुहुन्छ । उहा भन्नुहून्छ जीवनशैली तथा खानपानका कारण यसका रोगी बढेका छन् सन्तुलिन खाना खानुस व्यायाम गर्नुृहोस । अहिले कोरोना त्रासका कारण अत्यावश्यकबाहेक अन्य बिरामीलाई अस्पतालमा नआउन भनिएको छ । यस्तो बेलामा मधुमेहका बिरामीले आफ्नो नियमित कर्म गर्नुपर्छ । राति छिटो सुत्ने तथा बिहान छिटो उठ्नुपर्छ । प्रत्येक दिन व्यायाम गर्नुपर्छ । प्रत्येक १० मिनेटमा यताउता हिँडडुल गर्नुपर्छ हातखुट्टा चलाइरहनुपर्छ । यसो गरेमा शरीर छरितो हुनुका साथै मधुमेह बढ्न पाउँदैन ।
अझै बिचमा लकडाउन कडा हुदा सबै हरिया तरकारी र सलाद नपाउने हुदा सबैले तरकारीहरुमा पनि लापरवाही गरे संभव भए हरिया तरकारी नभएमा भातसँग गेडागुडी ठिक्क मात्रामा खानुपर्छ । गेडागुडीमा प्रोटिन पाइने भएकाले सुगर बढ्न पाउँदैन । भातमा कार्बोहाइड्रेड पाइने भएकाले धेरै खानुहुँदैन यसका साथमा सोयबिन खान सकिन्छ । यसैगरी क्वाँटी पनि खान सकिन्छ । फलफूल पनि खान सकिन्छ । रेशायुक्त खानेकुरा खानुपर्छ ।आफूले नियमित रुपमा खाइरहेको औषधि नछुटाई सेवन गर्नुपर्छ । संभव भएसम्म मधुमेहको औषधि सेवन गरेकाले ग्लुकोमिटरले हप्तामा एक पटक मोनिटरिङ गर्नुपर्छ । इन्सुलिन लिइरहेका बिरामीले भने १,२ दिनको फरकमा गर्नुपर्छ ।
– समय–समयमा खानेकुरा खाइरहनुपर्छ । पानी प्रशस्त मात्रामा पिउनुपर्छ । भिटामिन सीयुक्त खानेकुरा खानुपर्छ ।
– मधुमेहले उच्च रक्तचाप, आँखामा तथा मुटुमा समस्या उत्पन्न गराउन सक्ने भएकाले यसको मात्रा नियन्त्रणमा राख्नुपर्छ ।
– यसले गम्भीर रुप नलिनका लागि खानामा नियन्त्रण, व्यायाम गरेर जीवनशैली स्वस्थ बनाउनुपर्छ ।
– अहिले संकटकालीन अवस्था भएकाले केही समस्या भए आफूले देखाइरहेको चिकित्सकको सम्पर्कमा रहनुपर्छ ।
डा. थापा भन्नुहुन्छ यस्ता खानेकुरा नखाऔं
– गुलिया तथा चिल्ला बोसोयुक्त प्रशोधित खानेकुरा खानुहँदैन ।
– मद्यपान तथा धुम्रपान गर्नुहुँदैन ।
– ब्रत बस्नु तथा लामो समयसम्म भोकै बस्नुहुँदैन । यसो गरेमा रगतमा चिनीको मात्रा घट्न गई बिरामी बेहोस समेत हुन सक्छ ।
मधुमेहको लक्षण सबैमा देखिदैन
मधुमेह रोग पहिल्यै लक्षण देखिएर लाग्न पनि सक्छ, लक्षण विना नै लाग्न पनि सक्छ । विभिन्न अनुसन्धानले के देखाएको छ भने मधुमेह भएकाहरुमध्ये झण्डै ५० प्रतिशतले आफूलाई मधुमेह भएको छ भनेरै थाह पाउन सक्दैनन् । किनभने लक्षण नै हुँदैन् कतिपयलाई ।
पिसाव लाग्ने, पानी प्यास लाग्ने, खान बढी मन लाग्ने जस्ता जुन प्रमुख लक्षण भन्छौँ आधा जसोमा त्यो लक्षण नै हुँदैन । त्यसैले जति मधुमेहका रोगी छन आधालाई रोग भएको थाह छैन भन्ने अनुमान छ ।
मधुमेहले महिला पुरुष भनेर भेदभाव गर्दैन । न धनी गरीब, न त जात धर्म बर्ण, न उमेर र लिंग सबैमा यो रोग देखिन्छ । यदी समयमै सतर्कता अपनाइएन भने ।
मधुमेह हो भनेर चिन्ने लक्षण के के हुन् ?कसरी थाह पाउने त ?
मैले फेरी पनि भने मधुमेह रोगको लक्षणहरु हुन पनि सक्छ नहुन पनि सक्छ तर केही लक्षणहरु यसप्रकार छन् ।
खाना रुचेर पनि तौल घटदै जाने ।
पिसाव सामान्य भन्दा धेरै पटक लाग्ने ।
मुख सुख्खा हुने, प्यास धेरै लाग्ने
भोक बढी लाग्ने तर दुव्लाउदै जाने
कमजोरी हुने र खुट्टाहरु झम्झमाउने
खुट्टाहरु पोल्ने
पिसावमा कमिलाहरु देखिने
घाउहरु छिटो निको नहुने
धेरै जनाले सोध्नुहुन्छ धेरै पटक पिसाव भनेको कति पटक हो?तर म के भन्छु भने सामान्य भन्दा बढी अर्थात दिनमा दुई तीन पटक पिसाव हुन्थ्यो भने अव चाहि ८ /१० पटक लाग्न थाल्यो भने मधुमेहको शंका गर्नुपर्छ । रातीमा पनि दुई तिन पटक उठन परयो भने शंका गर्नुपर्छ ।
हरेक स्वस्थ मानिसले बर्षमा एक पटक मधुमेहको जाँच गराउनै पर्छ
लक्षणको आधारमा यसको पहिचान सहज हुने भयो तर लक्षण नदेखिकन रोग लाग्यो भने समस्या पर्छ । त्यसैले हरेक स्वस्थ मानिसले बर्षको एक पटक रुटिन टेष्ट गराउनुपर्छ । हरेक व्यक्तिले ३० बर्षको उमेर कटेपछि बर्षमा एक पटक मधुमेहको जाँच गराउनुपर्छ ।
मधुमेह नियन्त्रण भएन भने के हुन्छ?
मधुमेह भएर नियन्त्रणमा राख्न सक्नु भएन भने यसले धेरै अंगलाई असर गर्न सक्छ । टाउको देखि खुट्टासम्म त्यममध्ये प्राय देखिने एउटा असर भनेको आँखामा हुने गर्छ । आँखाको पर्दालाई असर गर्छ । त्यहाँ असर गरेर रगत जम्छ । त्यसपछि त्यो आँखा च्यातिने र अन्धोपनमा हुन जाँने हुन्छ । नेपालमा मधुमेहका कारणले हुनसक्ने अन्धोपनको सम्भावना २५ गुना बढी हुन्छ ।
अर्को असर मिर्गौलामा असर गर्छ । मिर्गौलाबाट प्रोटिन लिक गराएर मिर्गौला फेल हुने सम्भावना पाँच गुनाले बढ्छ । मुटु हृदयघात, मस्तिस्कघात हुने सम्भावना दोव्वर हुन्छ ।पक्षघाते सम्भावन पनि धेरै नै हुन्छ ।
त्यसपछि खुट्टाको नसालाई समेत असर गरेर खुटाको घाउन निको नहुने र खुटामा काटनुपर्ने सम्भावना २० गुना बढी हुन्छ । यी मुख्य हुन तर अन्य फुटकर असरहरु भई रहन्छ ।
यसले पिसावमा इन्फेक्सन हुने सम्भावना बढाउछ । पिसाव वा निमोनियाहरु भईरहन्छ ।
अन्य संक्रमणहरु
पेटको समस्या भइरहने , कसैलाई झाडा पखला, कसैलाई कब्जियत भइरहने हुन्छ । कसैलाई उल्टी भरहने । कसैलाई डिप्रेसन पनि ल्याउन सक्छ ।
यसकै कारणले कतिपयमा यौन इच्छामा कमी आउने या यौन दुर्बलता बढाउने सम्भावना पनि बढी हुन्छ ।
के कारणले हुन्छ मधुमेह ?
प्रकार दुई मधुमेह मुख्य त दुई प्रकारले हुन्छ । एउटा बंशजको आधार अर्थात परिबारको एक सदस्यलाई भयो भने त्यो जिनको आधारमा सन्तानहरुमा देखिने । यस्तो सम्भावना ५० प्रतिशत रहन्छ ।
अर्को भनेको जीवन शैली नै हो । त्यो भनेको मोटोपन नियन्त्रण हुन नसक्ने, व्यायममा कमी, खानपानमा गडबढी नै हो । चिल्लो गुलियो र क्यालोरी भएको खानेकुरा नै दुम्मन हुन ।
बंषाणुगत समस्या भएपनि जीवन शैली सुधार्नु भयो भने नरहने सम्भावना पनि हुन्छ । तर मेरो बंशजमा छैन भनेर जीवन शैली सुधारेन भने हुने सम्भावना बढि हुन्छ ।
मधुमेह विरामीले खानपान र जीवनशैलीमा गर्नुपर्ने सुधार रु
सामान्य खानपान अपनाउनु नै राम्रो हो । तर त्यसमा बिचार पुरयाउनुपर्छ । क्यालोरी भएको चिज अर्थात भात, मैदा, आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजहरुको कम सेवन गर्नु राम्रो ।
व्यायम नियमीत हुनुपरयो । व्याडमिन्टन, खेल खेल्नुस , दिनमा आधा घण्टा हिड्नुस । अरु शारीरिक परिश्रम गर्नुहोस् ।
प्रकाशित मिति : शनिबार, भाद्र १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्