बुटवल -बुटवल उपमहानगरमा ११ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपमहानगरमा कोरोना संक्रमितको संख्या २ सय ११ जना पुगेको छ । हालसम्म ५४ जना संक्रमित उपचारपछि निको भएका छन् ।
शनिबार वडा नम्बर ३ मा २ जना तथा वडा नम्बर ४, ६, ८ र १२ मा एक(एक जना संक्रमित थपिएका हुन् । यसैगरी वडा नम्बर ११ मा ३ जना थपिएका छन् भने २ जनाको ठेगाना खुलेको छैन ।
उपमहानगरको सबैभन्दा बढी वडा नम्बर ११ मा ६१ जना, वडा नम्बर ३ मा २८ जना, १३ मा २५ जना, वडा नम्बर ९ मा १२ जना, वडा नम्बर ४ मा १३, वडा नम्बर ६ मा १४, ८ मा १३ तथा वडा नम्बर १२ मा १२ जना संक्रमित रहेका छन् ।
यसैगरी वडा नम्बर १ मा ७ जना, २ मा ४ जना, १५ मा ३ जना, १६ र १७ मा २/२ जना तथा वडा नम्बर ५ र १० मा एक(एक जना संक्रमित छन् भने अन्य १३ जनाको ठेगाना खुलेको छैन ।
प्रकाशित मिति : शनिबार, भाद्र १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्