भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

भारत
भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ।

मुखर्जीका छोरा अभिजितले आफ्ना पिताको निधन भएको जानकारी दिएका हुन्।

‘गह्रौ मुटुका साथ यहाँहरुलाई जानकारी गराउनुपरेको छ कि हामी र आरआर हस्पिटलका डाक्टरहरुको सबै प्रयास र भारतभरका जनताको आर्शिवाद र प्रार्थनाका बाबजुद पनि मेरा पिता श्री प्रणव मुखर्जीको भर्खरै निधन भएको छ। यहाँहरु सबैलाई धन्यवाद,’ ट्विटमा अभिजितले लेखेका छन्।

पछिल्लो समय मुखर्जी कोममा गएका थिए। उनलाई भेन्टिलेटरमा राखिएको थियो।दिल्लीस्थित आर्मी रिसर्च एन्ड रेफरल हस्पिटलले सोमबार मात्र एक विज्ञप्ती जारी गरेर मुखर्जीको स्वास्थ्य अवस्था झनै बिग्रिएको बताएको थियो।

सोमबार भेन्टिलेटरमा उपचाररत मुखर्जीको फोक्सोमा संक्रमण देखिएका कारण उनलाई सेप्टिक सक ‘कम रक्तचापको अवस्था’ भएको अस्पतालले बताएको थियो।उनलाई विशेष डाक्टरहरुको निगरानीमा राखिएको थियो। अगस्ट १० मा दिल्लीस्थित सैनिक अस्पतालमा मुर्खजीलाई भर्ना गरिएको थियो।

टाउकोमा जमेको रगत निकाल्न अस्पताल भर्ना गरिएका मुखर्जीलाई कोरोना भाइरसको संक्रमण पनि भएको थियो। शल्यक्रिया गरेको केही समयपछि नै उनी कोममा गएका थिए। एजेन्सी

प्रकाशित मिति : सोमबार, भाद्र १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij