चितवनमा चार जना कोरोना सङ्क्रमितको मृत्यु

चितवनमा चार जना कोरोना सङ्क्रमितको मृत्यु

चितवन

चितवनमा एकै दिन चार जना जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोमबार मृत्यु भएका पछिल्लो तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि एकै दिन चितवनमा संक्रमण मामिलाबाट मृत्युको तथ्यांक बढेको हो । यसअघि, सोमबार नै भरतपुर अस्पतालमा ७८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।

कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका तीन जना व्यक्तिको सोमबार दिउँसो मृत्यु भएको थियो ।

केही घण्टाको फरकमा मृत्यु भएका उनीहरुमध्ये दुईजनाको मृत्युपश्चात र एक जनाको मृत्युअघि नै स्वाव परीक्षण गरिएको थियो ।

भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालालामा गरिएको परीक्षणको रिपोर्ट सोमबार राति निस्किएको थियो । रिपोर्टमा तीनै जनाको कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं। ११ का १८ वर्षीया युवती र ६५ वर्षीय पुरुष रहेका छन् । यस्तै, खैरहनी नगरपालिका वडा नं। १३ का ५५ वर्षीया महिला रहेका छन् ।

ज्वरो र स्वाश्वप्रश्वासको समस्या देखिएपछि उनीहरुलाई आफन्तले अस्पताल लगेका थिए ।

चितवनमा संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । जसमध्ये चितवनका मात्रै ९ जना पुगेका छन् । मकवानपुरका ३ जना, गोरखा, पूर्वी नवलपरासी र बाराका १’१ जना रहेका छन् ।

प्रकाशित मिति : मंगलबार, भाद्र १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij