कपिलवस्तु -कपिलवस्तुमा थप ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ। यस संगै जिल्लामा ५५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय अनुसार आज जिल्ला प्रहरी कार्यालयका ३ र सशस्त्र प्रहरीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
अहिले सम्म नेपाल प्रहरीका ४९ र सशस्त्र प्रहरीका ६ जनामा संक्रमत भएको छ। त्यस मध्ये नेपाल प्रहरीका १८ र सशस्त्रका एक जना निको भई काममा फर्किसकेका छन्।
नेपाल प्रहरीका ३१ र सशस्त्रका ५ जना आइसोलेसनमा उपचाररत छन्। जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार १ सय २८ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो।
प्रकाशित मिति : मंगलबार, भाद्र १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्