यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

मुलुकका विभिन्न भागमा आज (बुधबार) हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थौरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।
अहिले गण्डकी प्रदेश तथा प्रदेश ५ का धेरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

मौसम बुधबार सामान्यतया बदली भई दिउँसो देशभर धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम तथा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

पूर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेको मनसुनको न्यून चापीय रेखा पश्चिम सर्ने क्रममा रहेकाले वर्षाको सम्भावना रहेको जनाइएको छ । भारी वर्षा हुने सम्भावना रहेका स्थानमा उच्च सतर्कता अपनाउन आवश्यक रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, भाद्र १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij