नेपालमा थप छ जनाको कोरोनाबाट ज्यान गयो

नेपालमा थप छ जनाको कोरोनाबाट ज्यान गयो

बुटवल-नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५७ पुगेको छ ।

बिहीबार छ जनाको मृत्यु भएसँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज ४ महिला २ पुरुष गरी ६ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा चितवन, भक्तपुर, तनहुँ र रुपन्देहीका एक-एक महिला रहेका छन् । यस्तै सिन्धुपाल्चोक र रुपन्देहीका एक-एक पुरुष रहेका छन् ।

बिहीबार थप १२ सय २८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ ।

कोरोनामुक्त हुनेको संख्या २४ हजार २०७ पुगेको छ । कूल संक्रमितमध्ये ५६ प्रतिशतले काेराेना जितेका हुन् । बिहीबार थप ९१७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : बिहिबार, भाद्र १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij