बुटवल
प्रदेश ५ सरकारले प्रदेशभित्रका चार वटा कोरोना विशेष अस्पतालको कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि ३ महिनाकालागि स्वास्थ्यकर्मी करारमा भर्ना गर्न वजेट स्वीकृत गरेको छ ।
बिहीबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले प्रदेशका चार वटा कोरोना विशेष अस्पतालको क्षमता बिस्तारका लागि ५ सय ८३ जना थप जनशक्ति भर्ना गर्न तीन करोड ९६ लाख ३२ हजार रुपैयाँ बजेट स्वीकृत गरेकोमुख्यमन्त्री तथा मन्त्रीपरिषदकाको कार्यालयका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिभयो।
ती कर्मचारीलाई प्रदेश निजामती सेवाका कर्मचारी सरह सेवा सुविधा दिइने जनाइएको छ ।
वैठकले लुम्बिनी प्रादेशिक अस्पताल मातहत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा १ सय ८९ जना जनशक्ति थप गर्ने निर्णय गरेको छ ।
सो अस्पतालमा आईसीयू बेड १८, एचडी ९मिनी आईसीयू० बेड २०, आइसोलेन बेड ३६ गरी ७४ बेड रहनेछ ।
भैरहवाको भीम अस्पतालमा ७१ जना, दाङको बेलझुण्डीस्थित आयुर्वेद अध्ययन संस्थानमा सञ्चालित कोरोना अस्पतालमा १ सय ७१ जनशक्ति स्वीकृत गरिएको छ । भीम अस्पतालमा आईसीयू ५, एचडी बेड १३, आइसोलेसन ९ गरी २७ बेड र बेलझुण्डीमा आईसीयू १०, एचडी बेड १७ र आइसोलेसन बेड ५८ गरी ८५ बेड रहनेछ ।
त्यस्तै भेरी अस्पताल बाँकेमा १ सय ५२ जना जनशक्ति राख्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधारमन्त्री वैजनाथ चौधरीले जानकारी दिए । यो अस्पतालमा आईसीयू १०, एचडी बेड ३० र आइसोलेसन बेड २० गरी ६० बेड रहनेछ ।
मन्त्रिपरिषदले स्वीकृत गरेको तीन करोड ९६ लाख ३२ हजार रुपैयाँ वजेटमध्ये लुम्बिनी प्रादेशिक बुटवलका लागि एक करोड ७५ लाख ११ हजार ९ सय, भीम अस्पताल भैरहवाका लागि ६४ लाख ४७ हजार ९ सय, केन्द्रीय आयुर्वेद बेलझुण्डीका लागि एक करोड ५६ लाख ७२ हजार ३ सय र भेरी अस्पताल बाँकेका लागि एक करोड ४० लाख ७२ हजार ६ सय रुपैयाँ निकासा गरिएको प्रवक्ता चौधरीले जानकारी दिए ।
मन्त्रिपरिषद वैठकले प्रदेश निजामती सेवा अन्तर्गतका पदमा इञ्जिनियरिङतर्फका ५३ र स्वास्थ्य सेवातर्फका ७२ जना कर्मचारी एक सय २५ कर्मचारी खुला प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्न प्रदेश लोक सेवा आयोगलाई स्वीकृति दिएको छ ।
इञ्जिनियरिङतर्फ हाइवे सिभिल १८, जनरल सिभिल ५, सिञ्चाई ८, सेनेटरी १ विल्डिङ आर्किटेक्चर १३, मेकानिकल ५, इञ्जिनियर सिभिल २, हाइड्रो जिओलोजिस्ट १ जना गरी ५३ जना दरबन्दी रहेका छन् ।
स्वास्थ्य सेवातर्फ मेडिकल अधिकृत आठौं ४९, नर्सिङ अधिकृत सातौं ११, फिजिओथेरापिस्ट सातौं ५ र मेडिकल ल्याब टेक्नोलोजिष्ट ७ जना गरी ७२ जनाको दरबन्दी स्वीकृत भएको छ ।
यस्तै प्रदेश ५ औद्योगिक व्यवसाय ऐन २०७५ मा संशोधन र एकीकरण सम्बन्धी कानुनी व्यवस्था गर्न बन्ने विधेयकका सम्बन्धमा तयार गरिएको अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि वैठकले गरेको छ ।
बैठकले प्रदेश नम्बर ५ औद्योगिक व्यवसाय ऐन २०७५ मा संशोधन र एकीकरण सम्बन्धी कानुनी व्यवस्था गर्न बन्ने विधेयकका सम्बन्धमा तयार गरिएको अवधारणा पत्रलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ भने भूमिगत जल सिचाईं आयोजना कार्यान्वयन कार्यविधि, २०७७ स्वीकृत पनि स्वीकृत गरेको छ ।
त्यस्तै विज्ञान प्रविधि तथा बहु प्राविधिक प्रतिष्ठानको स्थापना तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न बैठकले स्वीकृति प्रदान गरेको छ भने प्रस्तावित नेत्रलाल अभागी रंगशाला निर्माणको योजना प्रदेश पूर्वाधार विकास प्राधिकरण मार्फत कार्यान्वयन गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि वैठकले गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, भाद्र १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्