बालबालिकाको पेट दुखे, झाडापखाला लागे वा बान्ता भए कोरोनाको लक्षण

बालबालिकाको पेट दुखे, झाडापखाला लागे वा बान्ता भए कोरोनाको लक्षण

काठमाण्डौ,कोरोना भाइरसको महामारी झन् फैलिँदै गएपछि वैज्ञानिकले यसबारे अनुसन्धान बढाएका छन् । कोरोना भाइरसबारे विभिन्न देशले अनुसन्धान गरिरहेका छन् ।

यसै क्रममा बेलायतले गरेको एउटा अनुसन्धानले बालबालिकाको पेट दुखे, झाडापखाला लागे वा बान्ता भए उनीहरुमा कोरोनाको सङ्क्रमण भएको हुन सक्ने देखाएको छ ।

क्विन्स युनिभर्सिटी बेलफास्टको टोलीले गरेको अनुसन्धानमा बालबालिकालाई पेट दुखेमा त्यो कारोना भाइरसको लक्षण भएको हुन सक्ने पाइएको हो ।

झण्डै एक हजार बालबालिकामा गरिएको अनुसन्धानपछि वैज्ञानिकले यस्तो बताएका हुन् । उनीहरुका अनुसार अनुसन्धानमा सहभागी ९ सय ९२ बालबालिकामध्ये ६८ जनामा एन्टीबडी पाइएको थियो । त्यसमध्ये १३ जनालाई पेट दुखेको, झाडापखाला र बान्ता भएको पाइएको छ ।

यस्तै ज्वरो, रुघाखोकी, गन्ध र स्वाद थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको बेलायतले उल्लेख गरेको छ ।

प्रकाशित मिति : शुक्रबार, भाद्र १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij